भेरिगङ्गा उपत्यका महोत्सव २०७६ भोलि देखि सुरु, नगर प्रमुख द्वारा उदघाट्न हुने

सिपि कार्की

कला संस्कृती पर्यटन प्रवद्र्धन मञ्च रकुम पश्चिमको आयोजना तथा उद्योग वाणीज्य संघ भेरिको सहआयोजनामा सन्चालन हुन गैरहेको भेरिगङ्गा उपत्यका महोत्सव २०७६ भोलि १७ गते देखि सुरु हुन लागेको छ ।

महोत्सव को उदघाटन भोलि १७ गते दिउँसो २ बजे भेरिगङ्गा नगरपालिकाका मेयर भुपेन्द्र बहादुर चन्दले भब्य रुपमा गर्ने आयोजक टिमले जानकारी दिएको छ ।

महोत्सवको उदघाटन सङगै यस भेरिगङ्गा नगरपालिकामा रहेका १३ वटा वडाहरुको आ-आफ्नो मौलिक सस्कृतीको जगेर्नाका लागि वडा स्तरिय झाकी प्रतियोगिता हुने भएको छ ।

टिम द्रता निशुल्क रहने छ भने प्रथम,दृतिय,तृतीय लाई पुरस्कार र प्रमाण पत्रको ब्यबस्था समेत रहेको  छ ।भेरिगङ्गा उपत्यका महोत्सव २०७६ यहि जेष्ठ १७ देखि २७ सम्म भेरिगङ्गा नगरपालिका छिन्चुमा सन्चालन हुन लाइरहेको छ ।

सम्बन्धित समाचार