माझी गाउमा आरम्भको वित्तीय साक्षरता कक्षा

मिलन श्रेष्ठ ।
रामेछाप । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले खाडादेवी ४, पुच्छ्रे घाटको माझी गाउमा रहेको माझी गाउँमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । ग्रामिण भेगमा बसोवास गर्दे आईरहेका विपन्न परिवारहरुको वित्तिय समावेशीकरण र वित्तिय सेवामा सहजै पहूच पुर्याउने उद्धेश्यले चार बर्षदेखि लघुवित्त सेवा प्रदान गर्दे आईरहेको संस्थाले वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रममा सहजकर्ता सुधा श्रेष्ठले बचत तथा बचतको योजना र ऋणको सहि सदुपयोग कसरी गर्ने भन्ने बिषयमा छलफल गरिएको बताउनुभयो । साक्षरता कार्यक्रममा वित्तिय साक्षरताको परिचय, वित्तिय अभावका कारण भविष्यमा हुने जोखिमको असर एंवम् त्यसको न्यूनीकरण, सुरक्षित बैदेशिक रोजगारी, लघु व्यवसाय तथा व्यवसायमा विस्तार र उक्त व्यवसायको विविधीकरण, खर्चको प्राथमिकता तथा चुहावट रोकथाम, पारिवारिक बजेट आदि विषयहरुमा छलफल एंव अन्र्तक्रिया गरिएको जानकारी दिनुभयो ।

 


वित्तीय साक्षरता कक्षा लिइसकेपछि सहभागिहरुले आफुहरुले व्यवहारमा लागु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रमकी सहभागी गोमा माझीले आफुले वित्तिय शिक्षाबाट धेरै बिषयमा जानकारी पाएको बताउनुभयो, “मैले वित्तिय संस्थाहरुबाट ऋण लिए पश्चात लिएको ऋणलाई सहि सदुपयोग कसरी गर्ने भनेर राम्रोसंग जानकारी पाए उहाँले भन्नुभयो, वित्तिय शिक्षा तालिमले मेरो आखां खोली दिएको छ । अबका दिनहरुदेखि फजुल खर्चमा कटौती गरी बचत गर्ने र विभिन्न संस्थाहरुबाट लिएको ऋणलाई सहि सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहान्छु ।’

संस्थाका कार्यकारी प्रमुख पवनकुमार श्रेष्ठले हाल सम्म पनि नेपालका अधिकांस ग्रामिण भेगमा बसोवास गर्दे आईरहेका जनताहरु वित्तिय साक्षरताको पहूׅँच सम्म पुग्न नसकिएको भन्दै यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो । उहाँले वित्तिय साक्षरताको अभावकै कारण समाजमा भईरहेका र हुने गरेका विभिन्न आर्थिक गतिविधहरु बरेमा अनविज्ञ भईरहेको हुदा उक्त व्यक्तिहरु समक्ष वित्तिय शिक्षा प’याउने उद्धेश्यका साथ आफ्नो संस्थाले कार्य थालनी गरेको र संस्थाको कार्य क्षेत्र भित्र वसोवास गर्दे आईरहेका नागरिकको घरदैलोमा वित्तिय साक्षरताको शिक्षा दिने बताउनु भयो । श्रेष्ठले, संस्थाले आफ्नो कार्यक्रमहरुलाई अगाडि बढाउने सन्दर्भमा आफनो सदस्हरुलाई पैसाको महत्व र यसको उचित व्यवस्थापन गर्ने सिप तथा क्षमता अभिबृद्धि गर्न वित्तिय साक्षरता कार्यक्रम प्राथमिकतामा रहेको समेत जानकारी दिनु भयो ।

माईक्रोफाइनान्सका विभाग प्रमुख विश्व श्रेष्ठको प्राविधिक सहयोग रहेको उक्त वित्तिय साक्षरता कक्षाको सहजीकरण खुर्काेट शाखा प्रबन्धक सुधा श्रेष्ठ र मन्थलीका शाखा प्रबन्धक बैकुण्ठ लुइटेलले गर्नु भएको थियो भने माझि गाउका २५ जना सदस्यहरुको  सहभागती थियो ।


error: Alert: Content is protected !!