किन जादैनन बराह तालमा पर्यटक ?

दिपक जैसी,
सुर्खेत । केही दिन पहिला पाल्पाकी सरुदेबि न्यौपाने आओर टूरिजम न्युजमा पर्यटनको पर्खाईमा बराह ताल भन्ने शिर्षकमा न्यूज पढिन र उनलाई बराह ताल जाने मन लाग्यो र उनि बराह ताल हिडीन करिव ३० किलोमिटर मात्र रहेको बराह ताल पुग्न उनलाई कारगिलको लडाई जिते जस्तै महसुस भयो कारण थियो ।
सडक, हुनत १४ किलोमिटर पक्की सडक अनि १६ किलोमिटर कच्ची सडक रहेको उक्त ठाँउको सडकको हाल धेरै नाजुक खाल्डा खुल्डा समेत रहेको उनले वताईन, भनिन्छ पर्यटनको मुख्या आधार सडक नै हो तै पनि पश्चिममा सुर्खेतको गहनाको रूपमा रहेको वराह तालमा पुग्न कारगिलको लडाइ सम्झीन्छन् नेपाली पर्यटक भने बिदेशी पर्यटकको त कुरा नै छोड्यौ । हुनत प्राकृतिक सुन्दरता २० प्रकारका चराचुङ्गी अनेक किसिमका जनावर पाईने आकर्षक बराह ताल जुन घना जंगलको वीचमा अवस्थित छ ।
२६ बिघा क्षेत्रफलमा फैलिएको वराहतालको गहिराई ५ मिटर र ३ किलोमिटरको घेराईमा रहेको वराहताल राम्रो सुन्दर छ र्। संरक्षण र पर्यटन प्रवर्द्धनका लागी त्यहाँका जनताहरुमा कुनै चासो नै छैन ।
आफ्नै किसिमको छुटै प्राकृतिक मनमोहकले भरिपुर्ण वराहतालको सौन्दर्यता अवलोकनका लागी पर्यटकहरु जान नै सकेका छैनन किनकी सडकको वेहाल छ । हुनत डाँडाकाडाले घेरिएको बराहताल वरिपरि जंगल छ ।
यसले गर्दा विभिन्न प्रजातिका चराहरूले पर्यटकलाई बोलाइरहेका छन् ।
पर्यटकहरुको पर्खाईमा रहेकोछ वराह ताल जिल्लाकै नमुनाको रुपमा रहेको अति सुन्दर ताल पर्यटनको पर्खाइमा रहेको छ। सुर्खेत कै ठुलो ताल कर्णाली प्रदेशको राजधानि नजिकै हुदा हुदै पनि पर्यटकको आर्कषण नहुदा मन खल्लो समेत भएको स्थानियहरुको भनाई छ ।