भालुको पित्त र यार्सागुम्बा सहित जुम्लाका एक जना पक्राउ

जुम्ला ः भालुको पित्त र यार्सागुम्बा सहित जुम्लाका जुम्लाका एक जना पक्राउ परेका छन । जुम्लाको कनिकासुन्दरी गाउँपालिका–३ का ५७ वर्षीय बिर्ख कामी आईतबार १५० ग्राम तौल भएको भालुको पित्त र २५ ग्राम यार्सागुम्बा सहित पक्राउ परेका हुन ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त खटिएको टोलीले कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ स्थित बनदेवी मन्दिरको छेउमा प्रकाउ गरेको हो ।
विशेष सूचनाको आधारमा गएको प्रहरीको टोलीले कामीको साथमा भालुको पित्त फेला पारेको थियो । प्रहरीले थप अनुसन्धान गर्दा कैलालीको गोदावरी नगरपालिका–२ मा रहेको उनको डेराबाट थप ५०० ग्राम यार्सागुम्बा पत्ता लागाएको थियो । रंगेहात कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीबाट बरामद गरेको सामग्री सहित अनुसन्धानअगाडी बढाएको प्रहरी कार्यालय कञ्चनपुर बताएको छ ।

 

सम्बन्धित समाचार