एमसीसीको विरोधले काठमाडौँको सवारी अस्तव्यस्त

काठमाडौँ : एमसीसीको विरोधमा चर्किएको प्रदर्शन र प्रहरीको बल प्रयोगले काठमाडौँको सवारी अस्तव्यस्त भएको छ । नयाँ बानेश्वर क्षेत्रलाई लक्षित गरि भइरहेको विरोध प्रदर्शन साम्य पार्न प्रहरीले बल प्रयोग गरेपछि काठमाडौँ उपत्यकाको सवारी अस्तव्यस्त बनेको हो ।

रत्नपार्कदेखि नयाँ बानेश्वर हुँदै कोटेश्वर जाने गाडीलाई ट्राफिक प्रहरीले थापाथली, त्रिपुरेश्वर डाइभर्ट गरेको छ । त्रिपुरेश्वरबाट फेरि थापाथली हुँदै कोटेश्वर आउने गाडी पनि कुपन्डोल पठाउँदा नयाँ बानेश्वर भएर यात्रा गर्ने यात्रु मारमा परेका छन् ।

नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि ट्राफिक जाम बढेको छ भने एक ठाउँदेखि अर्को ठाउँ जाने यात्रु अलपत्र परेका छन् ।