अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित दर्जन नेता घाइते

 नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित दर्जनभन्दा धेरै विद्यार्थी नेताहरु घाइते भएका छन्।आइतबार संसद्‌मा एमसीसी टेबल हुने भएपछि नयाँ बानेश्वरस्थित संसद् भवनबाहिर प्रदर्शन गर्नेक्रममा सिंहसहित विद्यार्थी नेताहरु घाइते भएका हुन्।अखिल क्रान्तिकारी अध्यक्ष सिंहलाई खुट्टा र ढाडमा चोट लागेपछि बानेश्वरस्थित एभरेष्ट अस्पतालमा लगिएको छ। घाइते हुनेमा अखिल क्रान्तिकारीका नेता केशव रावल, समीर लुइँटेल, क्षितिज सापकोटा, विमल पौडेल, पुरुषोत्तम यादव लगायत छन्।

सम्बन्धित समाचार