फागुन १ गते नेपाली जनताको गौरबको दिन हो ः सांसद भण्डारी
जुम्ला ः नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले फागुन १ गतेको दिनलाई नेपाल र नेपालीका लागी गौरबको दिन रहेको बताएका छन ।उनले तत्कालीन माओबादीको नेतृत्वमा नेपालमा जनयुद्धको सुरुवात भएको दिन भएकोले यसलाई सबै नेपाली जनताको लागी गौरबको दिन रहेको बताएका हुन ।
जनयुद्ध नेपालमा आरम्भ भएको आज २७ बर्ष पुगेको स्मरण गर्दै ठुलै नभयपनि आशिक उपलब्धी हासिल भएको बताए ।सांसद भण्डारीले भने यसलाई अर्को अर्थमा भन्दा यो एउटा उत्कर्षको दिन हो । एउटा राजनीतिक सन्दर्भको उत्कर्षको दिन ।
एउटा प्रक्रिया निधेष गरेर नयाँ प्रक्रिया सुरु भएको दिन हो । उनले चन्दननाथ नगरपालिका भण्डारीबाडा गाउँमा रहेको जनयुद्धका सहिदहरुको शालिकमा माल्याणपण गरेर जनयुद्ध दिवस मनाएका छन ।
सहिद परिवार र स्थानीय बासिन्दा संग जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान गर्दै अशोक भण्डारी( आक्रोश) उनबहादुर भण्डारी (विनय) हस्तबहादुर भण्डारी (एटम) रामबहादुर भण्डारी (परमाणु ) सहिदको शालिकमा माल्यापन गरेर जनयुद्ध दिवस मनाइएका हुन । उनले भने,“नेपालको राजनितिक ईतिहासमा अभूर्त पूर्ब ईतिहास सफलता र उपलब्धी हासिल गर्यो नेपाली जनताले बिजय हासि गरेको यिनै सहिदको बलिदानले भएको हो ।
जनयुद्ध एउटा गौरबपुर्ण विद्रोहको दिन हो जुन आफैमा नेपाली जनताको लागि सबैभन्दा उच्च महत्ब राख्ने दिन हो । त्यसभित्र पनि आफ्नो रगत बलिदान गर्ने प्राण दिने नेपाली जनताको मुक्तिको लागि सहिद बन्नेहरु प्रीत सम्मान र श्रदानजी ब्यक्त गरे । हाम्रो पार्टीले जहिले पनि सम्मान गर्छ ।
यो घर्तिमा रहुन्जेलसम्म हामी जहिले पनि सहिदको सम्मान गछौ सहिद जन्माउने आमाबाबु गुमाउने छोराछोरी जीनसगिनी गुमाउने सहिदहरु प्रति सम्मान गछौ सांसद भण्डारीले , जनयुद्धको हैरानीले गर्दा केही रुपरेखा देखा परेतापनि आज सहिदको बलिदान नभएको भए मुलुकमा गणतन्त्र स्थापना हुने थिएन । उनले थपे महत्वपुर्ण राजनितिक अधिकारहरु प्राप्त हुने थिएनन् ।
आमोबादी नेतृत्बमा आएको विचलनले गर्दा केही सहिदको सपनामा केही समस्या देखा परेतापनि ती अपूर्ण सहिदका सपनालाई पुर्णता दिएर लक्ष्यका साथ हाम्रो पार्टीका नेता कार्यकर्ता त्याग निष्ठाका साथ लाग्नु पर्ने बताए ।
त्यस्तै नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक बिर बाहादुर कुंवर (सुरेश पाहाडीले ) भने हाम्रो बिचार प्रतिकुल परिस्थतिसँग ईतिहास सँग लड्ने कुरा हो जनताका उत्पिडन दमनसँग लड्ने कुरा हो ।
जनता जहिले पनि परिबर्तनको पक्षमा हुन्छन् ।
जनताले जनयुद्धप्रति जुन विश्वास गरेर आफ्नो बलिदान गरेको बताए । उनले भने एक दिन सहिदको फोटामा माला लगायर मात्रै हुदैन ,सहिदको सपना जनता प्रति विश्वासका साथ अगाढि बढेमा माओबादी पाटी सजिलै सँग सफल हुने बताए । त्यस्तै चन्दननाथ नगरपालिका २का अध्यक्ष तथा सहिद परिवार, धनरासी भण्डारीले, सहिदका सबै सपना त कहिल्यै पूरा हुँदैन ।
त्यसमाथि पनि प्रश्नका अनुसार, सहिदका सपना घाइतेका मागहरु पुरा नभएको अवस्था छ । हामीले केही गर्न चाहेर पनि राज्यको नेतृत्व हाम्रो हातमा नहुँदा फेरि पनि दाउपेजको राजनति हुँदा सहिदहरुका सपनालाई सम्मान गर्ने, त्यसलाई सम्बोधन गर्ने, सहिदपरिवारदेखि घाइते, अपांग, बेपत्ता परिवारलाई साँचिच्कै राज्यका गहना बनाउन सकिएको अबस्था छैन ।त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी जनयुद्ध दिवस मनाउन जुम्ला पुगेका थिए ।










