सांसद वानिया विरुद्ध बलात्कारको मुद्दा दर्ता गर्न आलटाल गर्दै बाँके प्रहरी

जुम्ला ः मुगुका समानुपातिक सांसद तथा पूर्वमन्त्री मोहन वानिया बिरुद्धको बलात्कार गरेको आरोपको जाहेरी दर्ता गर्न बाँके प्रहरीले अनाकानी गरेको छ । वाँके प्रहरीमा यहि माघ २४ गते जुम्लाकी एक महिलाले सांसद मोहन वानियाले बलात्कार गरेको आरोपमा जाहेरी दिइएकी थिइन । पीडित महिलाले जाहेरी दिएको तीन दिन बिति सक्दा पनी बाँके प्रहरीले दर्ता गरेको छैन । प्रहरीले गरेको ढिला सुस्तीले झन पिडित बनाएको पिडितको भनाई छ ।
ती महिलाले सांसद वानियाले आफुलाई बलात्कार गरेको बिषयमा वाँके प्रहरी नेपालगंजमा जाहेरी दिएको तर अहिले प्रहरीले दर्ता नगरेको बताइन ।
उनले भनिन,“अहिले पनि जिल्ला प्रहरी कार्यालय वाँकेमा गएर मुद्दा दर्ता भयो कि नाई भनेर अपडेट गरेर आएकी छु, तर प्रहरीले यो मुद्दा दर्ता भएजस्तै मान्नु भन्दै सम्झाएको ति महिलाले बताइन ।
यता जिल्ला प्रहरी वाँकेका प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले वहालवाला सांसदको विरुद्धमा जाहेरी आएको र अहिले संसद चलिरहेको हुदा सभामुखबाट अनुमति लिनुपर्ने भएकाले केही ढिलाई भएको बताए । पिडितको जाहेरी अनुसन्धान भईरहेको बताए ।

प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान अगाडी बढाउनु पर्ने हो । तर प्रहरीले अनुसन्धान गरेर जाहेरी दर्ता हुन्छ भनेर आलटाल गरेको छ। दिईसक्नु भएको छ,। बाँके प्रहरीले मेडिकल जाँच देखी घटना स्थल जाँच समेत भईसकेकाले मुद्दा दर्ता हुने पीडितलाई आसपासन दिएको छ ।
त्यस्तै वाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले घटनाको अनुसन्धान भईरहेको बताए । उनले घटना दर्ता गरिसकेपछि वा अघि अनुसन्धान हुने बताउदै अनुसन्धान पछि मुद्दा दर्ता हुने बताए ।

बलात्कृत मात्रै होईन ः ठूलो रकम लिएको छ ः पिडित
पिडितले जायेरी अनुसारको घटना भएको दावी गर्दै न्याय दिन दोषीलाई कठघरामा ल्याउन आम महानुभावहरुले सहयोग गर्न आग्रह गरिन ।उनले सांसद वानियाले बालात्कार मात्रै होईन रु २५ लाख ठूलो रकम समेत लिएको जाहेरीमा उल्लेख छ । जाहेरीमा उल्लेख गरे अनुसार, २०७६ साल मंशिर ८ गते रु २५ लाख रुपैया उनलाई दिएको बताइन ।
सांसद वानियाले आफु काठमाण्डौमा रहेको बेला संयूक्त व्यापार गर्ने क्षेत्रको खोजी गरिरहेको बताउदै आफु संग पैसा मागेको बताइन । उनले भनिन, लामो समय सम्म व्यापारको कुनै काम नगरेको हुदा रकम व्याज सहित फिर्ता दिन भनेपछि चेक समेत दिएका थिए ।

तर वैंकमा त्यो चेक नसटेपछि नगद दिन समेत भनेको थिए ।तर सांसद वानियाले नेपालगंजमा आफुलाई रकम दिन्छु भनेपछि आफु नेपालगंजको अप्सरा होटलमको २१५ नम्बर कोठमा वेलुकी सम्म रकम दिने भनेर वस्न वाध्य भएको र सोही होटलमा बसेका वानियाले विहान ५ बजे तपाईको रकम आयो ढोका खोल्नुहोस भन्दा ढोका खोल्दा माफुमाथी बलात्कार गरेको बताइन । जाहेरीमा मुगु जिल्लाका समानुपातिक सघीय सांसद वानियालाई एथासिघ्र खोजतालास एवं पक्राउ समेत गरि निजलाई जवरजस्ती करणी सम्वन्धी कसुरमा हदै सम्म सजाय गरी पाउ भनि उल्लेख गरेकी छन ।

 

सम्बन्धित समाचार