प्रदेश अध्यक्ष केसीको निर्देशन ः माओवादीलाई एक ढिक्का बनाउन तर्फ लाग्नु होस
जुम्ला ः नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले पाटीलाइ बलियो बनाउन लाग्न नेता तथा कार्यकतालाई निर्देशन दिएकी छन । उनले आगामी चुनाव नजिकिदै गरेकाले पाटी एक ढिक्का भयर लाग्न आबश्यक रहेको बताएकी छन ।
उनले पाटी भित्रको गुटउपगुट भन्ने प्रविधि अन्त्ये गरी अगाडी बढन पार्टी नेतृत्वकर्तालाई निर्देशन दिएकी छन । आगामी निर्वाचन जित्नका लागि पनि यहाको तेता तथा कार्यकता सक्रियता पुर्व लाग्न आबश्यक छ ।
प्रेस सेन्टर जुम्लाले आयोजना गरेको भेटघाट कार्यक्रममा प्रदेश अध्यक्ष केसीले पार्टीलाई सफल पार्न नकारेर लाग्न नेतृत्वलाई सचेत गराएको बताइन । उनले भनिन,“पे्रस सेन्टरले राम्रा कामको प्रचार र कमजोरी पटोको खवदारी गर्न आबश्यक रहेको छ ।
त्यस्तै पछिल्लो समयमा नेकपा माओबादी केन्द्र जुम्ला बासीको रोजाइ बन्न थालेकाले देश र जनताको हीत अनुकुल माओबादी केन्द्रले काम गर्न अनुरोध गरिन । उनले थपिन अहिले विभिन्न पार्टी परित्याग गरेर माओबादी केन्द्रमा प्रवेश गर्नेको लर्को लाग्न थालेको छ ।
माओवादी केन्द्र पाटी गरिब,सर्वहारा बर्गको पार्टी हो । यो पार्टीले कहिले पनि सम्भ्रान्त बर्गको हीतमा बोलेको छैन, अध्यक्ष केसीले भनिन ,‘त्यसैले माओबादी केन्द्र प्रति गाउँदेखि शहर सम्मको साथ र सहयोग मिलेको छ । यो कार्यले माओबादी नै देश निर्माणकर्ता पार्टी हो भन्ने सन्देश फैलाउन प्रेस सेन्टरले आबश्यक छ । अबको माओबादीको एजेन्डा जनताको सेवा र देशको सेवा पहिलो प्राथमिकतामा पर्नुपर्छ ।









