जुम्लीको मुख्य आयस्रोत स्याउ खेती हो ः अध्यक्ष भण्डारी

जुम्ला ः जुम्लाको हिमा गाउँपालिका – ३ का वडाध्यक्ष सर्वजित भण्डारीले जुम्लीको आयआर्जनको मुख्य आयस्रोत स्याउ भएको बताए । भण्डारीले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजना तथा हिमा गाउँपालिका,वडापालिकाको समन्वयमा सात दिने स्याउ बगैचा व्यवस्थापन तथा विरुवा काटछाट सीप मुलक तालिमको समापनमास्तो अर्ति दिएका हुन् । उनले भने,“उद्यमीलाई सीप सिकेर वैदेसिक भन्दा स्वदेशमै स्वरोजगार बन्न अर्ति (सुझाव)दिएका छन् ।
पछिल्लो समयमा जुम्ली र स्याउ एक पर्याबाची शव्द जस्तो भएको छ । अध्यक्ष भण्डारीले यसै स्याउ खेतीबाट अधिकांश जुम्लीले जीविकोपार्जन गर्दै आएका छन् । स्याउका विरुवा नभएका अहिले कुनै घर नभएको वडाध्यक्ष भण्डारीले बताए ।
सात दिने तालिमका प्रशिक्षक तथा हिमा गाउँपालिका कृषि शाखा प्रमुख बबरजंग शाहीले उक्त सीपमुलक तालिमको सहजीकरण गरेका थिए । उनले भने तालिममा सहभागी सवैका घरमा २ सयदेखि २ सय ५० विरुवा छन् ।
यिनी सवै स्याउ उद्यमी हुन् । अहिले नेपालमा पनि स्याउ बगैचा व्यवस्थापन गर्ने नयाँ नयाँ प्रविधि भित्रिएकाले यहाँका स्याउ कृषकलाई आरी र सिकेचरसहित नयाँ प्रविधि र ज्ञान दिन आवश्यक रहेको उनले बताए ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले कृषकका माग अनुसार सीपमुलक तालिम सञ्चालन गर्ने गरिएको बताए । उनले भने उद्यमी बनाउनका लागि सीपमुलक तालिमसहित आवश्यक औजार पनि प्रदान गर्ने गर्ने गरिएको छ । सीप सिकाएर स्वदेशमै स्वरोजगार बनाएर आयआर्जनमा सुधार ल्याउने कार्यक्रम उद्देश्य रहेको प्रमुख देवकोटाले बताए ।

तालिममा सहभागी कृषक उद्यमी गजत नेपालीले भने यो तालिममा हामी १५ जना सहभागी थियौँ । हामी सवैका २ सयदेखि २ सय ५० सम्म स्याउँका विरुवा छन् । उनले भने हामीले सीप सिकेर आप्mना स्याउँका विरुवा काटछाट तथा बगैचा व्यवस्थापन गर्नुका साथै अरुका पनि विरुवा काटछाट गरी आयआर्जन गर्न सक्ने भएका छौँ । १५ जना उद्यमीलाई एक÷एक आरी र सिकेचर वितरण गरिएको छ ।

कृषि विकास कार्यालयको तथ्यांकअनुसार ०७६ मा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो । त्यस्तै, ०७७ मा दोब्बरले घटेर ६ हजार २ सय १० मेट्रिक टन मात्रै उत्पादन भयो भने यो वर्ष चार गुणाले घटेर ६ हजार १ सय ६० मेट्रिक टन मात्रै उत्पादन भएको कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए ।

गत वर्षभन्दा यो वर्ष १ प्रतिशतले स्याउ उत्पादन घटेको छ । गत १६ र १८ वैशाख अनि ३ र ४ जेठमा असिना आउँदा जुम्ली स्याउ उत्पादनमा ठूलो गिरावट आएको हो । उनले भने, ‘सिँचाइ अभाव र मौसम परिवर्तनले उत्पादन घट्दै गएको छ । समयमा पानी नपर्नु, उत्तरी मोहडाका स्याउमा सिँचाइ अभाव हुनु र स्याउमा पछिल्लो समय किराको प्रकोप बढ्नु, उचित बगँैचा व्यवस्थापन नहुनुलगायत कारण उत्पादन घटेको हो ।’

उत्पादित १० हजार ५ सय टनमध्ये ६० प्रतिशत निर्यात भइसकेको छ भने ४० प्रतिशत मात्रै जिल्लामा रहेको प्रमुख अधिकारीको भनाइ छ ।स्याउ उत्पादन बढाउन बगैँचा व्यवस्थापनदेखि, मलजल, सिँचाइमा ध्यान पु¥याउन आवश्यक रहेको उनले बताए ।
जुम्लामा करिब १७ हजार घरधुरी स्याउ खेतीमा निर्भर छन् भने यहाँको १० हजार हेक्टरमा स्याउ खेती हुने अनुमान छ । तर, हाल ३ हजार ८ सय हेक्टरमा मात्रै खेती भए पनि १ हजार ५ सय हेक्टरमा मात्रै उत्पादन भइरहेको छ ।

 

सम्बन्धित समाचार