हिउमा फसेका ३४जना लाई राहत पु¥याएर फर्कियो हेलिकोप्टर


जुम्ला ः तातोपानी गाउँपालिका ८ का हिउमा फसेका नागरिकलाई राहत दिएर हेलिकोप्टर फर्किएको छ । गाग्रालेखको पाटनमा जडिबुटी संकलन गर्न गयर हिउमा फसेका नागरिकलाई कर्णाली प्रदेश सरकारले हेलिकप्टर बाट राहत दियर फर्किएको हो ।
विहिवार देखि परेको हिमपातका कारण जडिबुटी संकलनका लागि पाटन क्षेत्रमा गएका तातोपानी ८ का ३७ जना स्थानीय हिउमै फेसेको खवर स्थानीयले गरेका थिए ।जुम्लाको प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईका पहलमा कर्णाली प्रदेश सरकारले खाद्यन्न वोकेर हेलेकोप्टर बाट राहत पु¥याएको हो । स्थानीयका अनुसार पाटन क्षेत्रको गाग्रीका लेखको ऐडी ओढारमा १४ । १५जना गाग्री ओडार, ६। ७ जना , र खोटि सल्लामा ३ । ४ मा जना नागरिकलाई राहत सामाग्री दिएर हेलिकप्टर फर्किएको छन ।
हेलेकोप्टरले ऐडि ओडार, गाग्री ओडार, खोटि सल्लामा बसेका नागरिकलाई राहत दिएर फर्किएको तातोपानी आठका स्थानीय सुरत बहादुर शाहीले बताए ।जडिबुटी ( खिरौलो) कोर्न गएका गएका ३४ जना नागरिक फसेका भन्ने खबर आएको थियो । तर हेलिकप्टर बाट ल्याड गर्ने अवस्था थियन जाहा नागरिक देखिय त्यहिठाउमा हेलेकोप्टरले राहत फालेर फर्किएको छ ।त्यसैले नागरिक कति थिए भन्ने तथ्याङक एकिन गर्न नसकिएको शाहीले बताए ।हिउ धेरै परेकाले तत्काल उद्धार गर्न सकिने अबस्था छैन । उनीहरु सहकुसल भएकाले खाद्यन्नको पुर्यायर आएको हो ।

त्यस्तै यस अघि ५५ जना हिउमा फसेको खवर आएपनि प्रशासनमा ३७ जनाको लिष्ट आएको जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले बताइन ।उनले भनिन ३७ जना भन्ने थियो सम्पर्क गर्दा दुइ जना घर आएको पाईयो ,बाँकी ३४ जना लाई राहत दिएको हो ।राहत दिने स्थानमा २० जना जती देखिएको भएपछि अरु सबै सहकुसल रहेको प्रशासनको अनुमान छ ।

स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय जुम्लाले हिउँमा फसेका जुम्ली नागरिकको उद्धारको लागि कर्णाली प्रदेश सरकारलाई आग्रह गरेपछि कर्णाली सरकारले फसेका जुम्ली नागरिकलाई राहत पु¥याउन हेलिकप्टर पठाएको हो ।
भोकबाट बच्न तत्काल उनीहरुलाई खाद्यन्न खसालेर हेलिकप्टर सुर्खेत फकिएको छ।सम्बन्धीत स्थालमा पुगेका तातोपानी ८ का सुरतबहादुर शाहीले चिउरा,दालमोठ,चाउचाउ औषधि जस्तासमाग्री लियर फालेको छ । शाहीले भने संकलन गरेको जडिबुटी शुकायर बसेको देखिन्थियो ।