बाढीपहिरोबाट मृत्यु भएका परिवारलाई विपद् कोषबाट राहत

जुम्ला ःबाढीपहिरोबाट मृत्यु भएका परिवारलाई विपद् कोषबाट राहत प्रदान गरिएको छ ।तातोपानी गाउँपालिका–७ ताम्ती गाउँका बाढीपहिरोबाट मृत्यु भएका पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले राहत वितरण गरेको हो । यस अघि तातोपानी गाउँपालिका–७ ताम्ती गाउँका ६० वर्षीय बिर्खे रावत, ३५ वर्षीया जैसरी रावत र उनका छोरा १०वर्षीय शन्देश रावतको बाढीपहिरोबाट मृत्यु भएको थियो ।मृर्तकका परिवारलाई प्रशासनले राहत उपलव्ध गराएको हो ।
बाढीपहिरोबाट मृत्यु भएकापरिवारलाई जिल्ला विपद् कोषबाट राहत उपलव्ध गरिएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले बताईन् । उनले भनिन् मृतक बृर्खे रावतकी श्रीमति मैसरी रावतलाई दुई लाख र मृतक जैसरा रावत र उनका छोरा सन्देश रावतका बुवा रणबहादुर रावतलाई तीन लाख राहत स्वरुप रकम उपलव्ध गराएको हो । गएको साउन २९ गते सेतक चिनी (जडीबुटी) कोरेर पाटनबाट घर फर्किने क्रममा ताम्तीको घट्टेखोलो तर्ने वेलामा उनीहरूलाई बाढीपहिरोले बगाएर मृत्यु भएको थियो । प्रशासनले दिइएको विपद् कोषबाटको राहतले थोरै भएपनि पीडीतको घाउमा मलम पट्टी लगाउने छ ।