सात दिने निःशुल्क योग, ध्यान तथा आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन सम्बन्धी सूचना

यस आयुर्वेदिक स्वास्थ्य केन्द्र, जुम्लाको आयोजनामा तथा चन्दननाथ योग साधना केन्द्रको समन्वय र सहजीकरणमा सातदिने निःशुल्क योग, ध्यान तथा आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुने भएकाले इच्छुक सम्पूर्ण महानुभावहरूलाई सहभागिताका लागि हार्दिक अनुरोध गरिन्छ।

मिति : २०८३ साल जेठ २७ गतेदेखि असार ३ गतेसम्म
समय : प्रत्येक दिन बिहान ५:०० बजेदेखि ८:०० बजेसम्म
स्थान : चन्दननाथ योग साधना केन्द्र, राजासिम रङ्गशाला पछाडि, जुम्ला।

योग तथा प्राणायाम, ध्यान साधना,भजन–कीर्तन
हवन कार्यक्रम,प्राकृतिक चिकित्सा, जडीबुटीजन्य चियाको सेवन
कृषि तथा जडीबुटी सम्बन्धी प्रशिक्षण,पोषण तथा स्वस्थ जीवनशैली सम्बन्धी सचेतना,सहभागीहरूलाई सात दिनसम्म निःशुल्क “अमृत भोजन” उपलब्ध गराइनेछ। भने भोजनमा जुम्लाका रैथाने तथा अर्गानिक उत्पादनहरू जस्तै मार्सी चामल, चिनो, कागुनो, फापर, स्थानीय सिमी लगायतका खाद्यवस्तु प्रयोग गरिनेछ।
स्वास्थ्य, आध्यात्मिक विकास, पोषण शिक्षा तथा रैथाने कृषि उत्पादनको संरक्षण र प्रवर्द्धनका लागि आयोजित यस शिविरमा सहभागी भई लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध छ।
           आयोजक
     आयुर्वेदिक स्वास्थ्य केन्द्र, जुम्ला
   समन्वय : चन्दननाथ योग साधना केन्द्र, जुम्ला