दाउरा काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते सुत्केरीलाई थप उपचारका लागि नेपालगन्ज पठाईयाे
जुम्ला :दाउरा काट्ने क्रममा रुखबाट लडेर घाईते भएकी सुत्केरी महिलालाई थप उपचारकाे लागि नेपालगन्ज पठाईएकाे छ ।जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पाैडेल ;राष्ट्रिय मानवअधिकार आयाेग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका प्रमुख कल्पना नेपाल आचार्य, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक रबिन बाबू रेग्मी, लगायत सराेकारवालाकाे टिमले प्रतिष्ठानबाट तिलागाउँपालिकाकाे एम्बुलेशमा राखेर जुम्ला ऐपाेर्टबाट सीता ऐयर लाईन्सकाे जहाजमा थप उपचारका लागि नेपालगञ्ज पठाईएकाे हाे ।टिकट काटेका जहाजकाे यात्रुलाई रिकाेर्ष गरेर बिरामी पठाईएकाे हाे ।
जुम्लाकाे सिंजा गाउँपालिका–२,कि उव्जा वड २४ वर्षीया युवती टाउकोमा चाेट लागेर अहिले गम्भीर अवस्थासँग लडिरहेकी छन्। चार महिनाकी सुत्केरी तथा तीन सन्तानकी आमा उव्जा घरको दैनिकी चलाउन दाउरा ल्याउन चार वर्षकी छोरी र ४ महिनाको शिशु सहित जंगल गएकी थिइन्।दाउरा काट्न रुख चढ्ने क्रममा उनी रुखबाट लडेर गम्भीर घाइतेभइन्।
दुर्भाग्यवश, उनको ४ महिनाको बच्चाको घटनास्थलमै मृत्यु भयो। चार वर्षकी छोरी भुइँमा सुरक्षित राखिएकी थिइन्, तर रोएको आवाज सुनेपछि मात्र गाउँलेहरूले घटना थाहा पाए।
उव्जालाई तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,रिफर गरे लगत्तै नेपालगन्ज पठाईकाे हाे ।जुम्लाका चिकित्सकहरूको भनाइ अनुसार उनको टाउकोमा गम्भीर चोट लागेको छ। यहाँ अस्पतालमा न्युरो–विशेषज्ञ छैनन्,साथै अत्यावश्यकCT–Scan मेसिन झन्डै दुई हप्टादेखि बिग्रिएको छ। MRI सेवा त यहाँ उपलब्ध नै छैन।
यस्ता संवेदनशील समयमा उपचारका लागि आवश्यक उपकरण नै नचलेपछि अस्पतालका चिकित्सकले बाहिर लैजान सुझाव दिएका हुन।तर उव्जालाई नेपालगन्ज सम्म लैजाने आर्थिक अवस्था परिवारसँग थिईन,सबैले सहयाेग गरेर जहाज मार्फत नेपालगन्ज पठाईएकाे छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्तो ठूलो संस्थामा CT–Scan, X–Ray, TCT स्क्यान जस्ता उपकरण वारम्बार बिग्रिँदा पनि समयमै मर्मत नहुनु, पदाधिकारीहरूले ध्यान नदिनु,र बिरामीको जीवनपेक्षा सेमिनार कार्यक्रमलाई प्रथामिकता दिएकाे देखिन्छ ।बिरामीको उपचारका लागि बनेका उपकरण नै महिनौँ बिग्रिएको अवस्थामा बस्दा असंख्य बिरामी जोखिममा परिरहेका छन्।
बिरामी उव्जाका श्रीमान् लालबहादुर वड रोजगारका लागि भारतमा छन्। घरमा उनी एक्लै तीन बच्चासहित बस्दै आएकी थिइन्।चार महिनाको शिशुको मृत्यु भइसकेको छ,उनी स्वयं जीवन–मृत्युसँग संघर्ष गरिरहेकी छन्।उनका श्रिमान भारतबाट हिडेकाे खवर प्रप्त भएकाे छ ।
उव्जाका आफन्त धीरबहादुर वडले भन्नुभयो,“हामीसँग उपचार गर्न लैजाने पैसा छैन। सहयोग बिना उपचार सम्भव छैन। सबै महानुभावहरूलाई आर्थिक सहयोगका लागि नम्र निवेदन गर्दछु।









