कम्युनिस्ट आन्दोलन नयाँ उचाइमा पुर्‍याउन लागेका छौं : माधव नेपाल


माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन क्रान्तिकारी सोचका साथ मानिसहरूलाई उभ्याउन आवश्यक रहेको बताएउनले वर्तमानमा लोकतन्त्रमाथि खतरा आएको र प्रतिगामी तत्वले पुनः टाउको उठाउने प्रयास गरिरहेको भन्दै एकजुट हुन आग्रह गरे।नेपालले कम्युनिस्ट आन्दोलनले नै जनतालाई मुक्ति दिने र समाजवादको सपना पूरा गर्न सक्ने दाबी गरे।

३ जेठ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन क्रान्तिकारी सोचका साथ मानिसहरूलाई उभ्याउन आफूहरू लागि परेको बताएका छन् ।

शनिबार काठमाडौंमा अखिल नेपाल महिला संघ (समाजवादी) को सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।जनताले उखेलेर फालिसकेको प्रतिगामी तत्वले टाउको उठाउने प्रयास गरिरहेकोले त्यसकाविरुद्ध एकजुट हुन एकीकृत समाजवादी आन्दोलनमा रहेको उनले उल्लेख गरे ।
‘कम्युनिस्ट आन्दोलनमा देखापरेका अनेकौं खालको विकृति विसंगतिहरुका बीचमा जुध्दै कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुराउन क्रान्किारी सोचकासाथ मानिसहरूलाई उभ्याउन हामी लागि परेका छौं,’ अध्यक्ष नेपालले भने, ‘हाम्रो देशको विशेषतालाई राम्ररी बुझ्नु जरुरी छ ।

सफलतालाई उपभोग गर्न नजान्दा हामी कमजोर पनि भयौं ।’अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनले नै जनतालाई मुक्ति दिएकाले समाजवादको सपना पूरा गर्न कम्युनिष्ट पार्टीबाहेक अरुले नसक्ने दाबी गरे ।

सम्बन्धित समाचार