माओवादी अध्यक्ष प्रचण्ड जुम्ला आउने कार्यक्रम स्थगित

जुम्लाः माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’जुम्ला आउने कार्यक्रम स्थगित भएको छ ।यही ३० गते अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा आयोजना गर्ने कार्यक्रम स्थगित गरिएकोे माओवादी केन्द्र जुम्ला जिल्ला इन्चार्ज नरेश भण्डारीले जानकारी दिए । उनका अनुसार अहिले लाई स्थागित गरिको कार्यक्रम अर्को मिति तय गरिने छ । उनले आवश्यक छलफलका गर्न पार्टी पालिका अध्यक्ष भन्दा माथिल्लो तहका नेता तथा वडा अध्यक्ष भन्दा माथिका जनप्रतिनिधिहरू लाई बैशाख ३० गते ११.०० बजे पार्टी कार्यालयमा उपस्थितिका लागि अनुरोध गरेका छन । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’जुम्ला आउने कार्यक्रम कार्यब्यस्ताको कारण स्थागित भएको माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ ।

 

सम्बन्धित समाचार