जुम्लामा हुन लागेको एक जोडीको बालविवाह रोकियो

                            फाइल फोटो

जुम्ला ः जुम्लामा हुन लागेको एक जोडीको बालविवाह रोकिएको छ । तिलागाउँपालिका ३ मा बालविवाह हुन लागेको सूचना पाएपछि प्रहरीको सक्रियतामा उक्त विवाह रोकेको हो । तिलागाउपालिका ५ की १६ वर्षकी बालिका र सोही गाउँपालिका ३ का बालक १९ वर्षका थिए । अठार वर्ष भन्दा कम उमेरका भएकाले उनीहरु बिचको बालविवाह हुन लागेको गोप्य सूचनाका आधारमा बुधबार प्रहरीले उक्त बालविवाह रोकेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी याम बहादुर बुढाले जानकारी दिए । उनका अनुसार बालविवाह हुन बाट रोकिएका दुबै जनालाई स्थानीय जनप्रतिनिधि, बालिविवाह बिरुद्ध काम गर्ने सरोकारवालाको रोवरमा अभिभावकको जिम्मा लगाइएको हो ।

त्यस्तै बीस वर्षभन्दा कम उमेरमा गरिने जस्तो सुकै विवाहलाई कानूनले अवैधानिक मानेको छ । नेपालको संविधानमा केटा वा केटी २० वर्ष उमेर नपुगी विवाह गर्ने÷गराउने सबै पक्षलाई रु ३० हजारसम्म जरिवाना र तीन वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ ।जुम्लाको अधिकांश क्षेत्रमा अझै पनि बालविवाह अत्यधिक हुने भएकाले यसको रोकथामका लागि स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला पक्षले ध्यान दिन जरुरी छ ।

यस्तै यस अघि पनि तातोपानी गाउँपालिका – ४ हाँकु १८ वर्षीया बालिका र १८ वर्षीय बालकसँग बालविवाह रोकिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

 

सम्बन्धित समाचार