जुम्ला ः जुम्लाको तातोपानी गाउँपालिकाले महिला स्वास्थ्य स्वंसेविकालाई मोवाईल वितरण गरेको छ । सूचना प्रवाहमा सहजता ल्याउनका लागी महिला स्वास्थ्य स्वयंसेविकालाई मोवाईल वितरण गरेको हो ।
त्यस्तै तातोपानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरु प्रसाद चौलगाईका अनुसार तातोपानी गाउँपालिका वडा नम्बर १,२ र ३ का २६ जना महिला स्वास्थ्य स्वंसेविकालाई मोवाईल वितरण गरिएको हो । गाउँपालिकामा जम्मा ६७ जना महिला स्वास्थ्य स्वंसेविकालाई नै मोवाईल वितरण गरिने भएको छ । अव अन्य स्वंसेविकालाई वितरण गर्ने गाउँपालिकाले जानकारी दिएको छ ।महिला स्वास्थ्य स्ंवसेविकालाई स्वास्थ्य क्षेत्रमा काम गर्ने क्रममा रिपोटिङ गर्न तथा सूचना आदान प्रदान गर्न गाउँपालिकाकै नाममा सिम निकालेर प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद धितालले बताए ।
त्यस्तै स्वंसेविका मोतिपुरा रावतले नेपाल सरकार र स्थानीय सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको जीवनयापनको बिषयमा ध्यान दिन अनुरोध गरिन ।
स्वास्थ्य शाखा प्रमुख गुरु प्रसाद चौलागाईले अनुसार अहिले तातोपानी गाउँपालिकाले मासिक ५ सय खाना, खाजा, यातायातका लागि सहयोग गर्दै आएको र संघीय सरकारले बर्षेनी पोषाक सहित रु २२ हजार उपलब्ध गरिदै आएको बताए ।