जुम्ला : यो वर्ष ‘खानेपानी तथा सरसफाइ संकट समाधानका लागि द्रुततर परिवर्तन’ नाराका साथ जुम्ला बिश्व पानी दिवस मनाइएको छ । संयुक्त राष्ट्रसंघको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकास सम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको थियो । जुम्लामा जिल्ला प्रशासनको आयोजना र पेस नेपालको सजिकरणमा बिश्व पानी दिवसको अवसरमा सरोकारवाला बिच अन्तरक्रिया कार्याक्रम गरिएको छ ।
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारीले मुकेश कुमार केशरीले भने,’पानी भएकै स्थानमा जीवन सम्भव हुन्छ। पानी नभएको स्थानमा जीवन सम्भव छैन। जीव र वनस्पतिका लागि जन्ममात्र पर्याप्त हुँदैन बाँच्नका लागि स्वच्छ पानी आवश्यक पर्छ। उनले भने,’जुम्लाको हकमा नागरिकले शुद्ध पानीको कुरा मात्रै होइन खानेपानी पनि प्रप्त पाएका छैनन । खानेपानीका लागी बनाइएको संरचनाहरु प्रयोगमा आएका छैनन । यसको लागी सबैले अनुगमन गर्न जरुरी छ । पानीका मुलबिना बनाइएका पानीका टंयाङकी अनुगमन गर्न जरुरी छ । संविधानको मौलिक हकका रूपमा स्वच्छ खानेपानीको हक लेखिए पनि कार्यान्वयन हुन सकेको छैन । यसको लागी सबैको ध्यान जान जरुरी छ ।
त्यस्तै जिल्ला समन्वय समितिका कार्यबाहयक प्रमुख नरबिर सुनारले पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नै नलाग्ने बताए । उनले भने,’जुम्लाको हकमा नागरिकले खाने पानीको समस्या भोग्दै आएको बताए ।
त्यस्तै चन्दननाथ नगरपालिकाका उपमेयर रामदेवी खड्काले जुम्लाको पानीको बिषयमा चिन्ता र चासोको बढेको छ। उनले भनिन,’ खानेपानीको समस्या समाधानका लागी संघिय खानेपानी ,प्रदेशस्तरको खानेपानी र खलंगाखानेपानी संग समन्वयगर्ने तयार रहेको बताइन ।
त्यस्तै जुम्लाका साहयक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले पानीको बहुउपयोग गर्ने तथा पानीको स्रोत संरक्षण गरी दिगो विकास गर्न देशभरी बिभिन्न कार्यक्रमहरु भइरहेको बताइन । नेपालमा पनि विश्व पानी दिवसको अवसर पारेर जल सप्ताह मनाइएको बताइन ।उनले भनिन,’जुम्लामा पानीको मात्रा प्रशस्त रहे पनि पानीको स्रोतको सही सदुपयोग हुन नसक्दा उपभोक्तालाई खानेपानीको पर्याप्तता हुन सकेको छैन । स्वच्छ पानी पाउनु उपभोक्ताको नैसर्गिक अधिकार हो तर हामीले पानीको स्रोतलाई राम्रोसँग संरक्षण र सदुपयोग गर्न कसैको ध्यान गएको छैन ।
त्यस्तै प्रेस नेपाल जुम्लाका प्रमुख हेम राज भट्टले खानेपानी सेवा विस्तारका लागी जुम्लामा प्रभावकारी काम हुन नसकेको बताए । उनले बिभिन्न समय अन्तरालमा बनेका कतिपय खानेपानीका संरचनाहरु वर्तमान अवस्थामा पनि राम्रोसंग संचालन हुन सकेका छैनन। यसको अनुगमन गर्ने निकायको बाटो फितलो भएकाले राज्यले लगानी खेर जाने गरेको छ । जुम्लाको खानेपानीको गुणस्तरता कस्तो छ भन्ने कुराको केनै जानकारी छैन ।
त्यस्तै खलंगा खानेपानी तथा सरसफाई उपभोत्ता समितिका उपाध्यक्ष महेन्द्र स्वच्छ खानेपानीको महत्व छ भन्ने तथ्य आम नागरिकलाई बुझाउनुपर्ने यथार्थलाई आत्मसात् गरेका छन । उनले चन्ददननाथ नगरपालिकामा एक हजार ६ सय घरमा खानेपानीका धारा जडान गरिएको छ । धेरै नागरिकले नयाँ धारा जडानको लागी निवेदन दिने गरेका छन । तर पानी प्रप्त छैन । खानेपानीको समस्या दिनप्रतिदिन बढ्न थालेको छ ।
त्यस्तै पेस नेपाल कालिकोटका परियोजना अधिकृत शंकर प्रसाद उपाध्यायले हाम्रा घरायसी क्रियाकलाप, खेतीपाती र पशुपालन जस्ता कृषि प्रणाली, स्वास्थ्य र आर्थिक क्रियाकलापदेखि धार्मिक एवं सांस्कृतिक संस्कारमा गर्भावस्थादेखि मरणोपरान्तसम्म पानीको आवश्यकता पर्ने बताए ।उनले अन्तरक्रिया कार्यक्रमा भने पृथ्वीको दुई तिहाइ भू–भाग पानीले ओगटेको भए पनि स्वच्छ पानीका स्रोत कम छन् । मानवीय हस्तक्षेपका कारणले भएका सीमित स्वच्छ पानीका स्रोत समेत प्रदूषित भएका छन् । उनका अनुसार स्वच्छ पानी र गुणस्तरीय मानव जीवनको महत्व दर्शाउनका लागि नै विश्व खानेपानी दिवस मनाउन थालिएको हो ।
त्यस्तै संघिय खानेपानी तथा ढलब्यवस्थापन कार्यालयलेका निमिक्त प्रमुख दिपेन्द्र भट्टले संयुक्त राष्ट्रसङ्घले सन २०३० सम्म विश्वका सबै जनसङ्ख्यालाई स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउने कार्यक्रम ल्याएको बताए । दिगो विकास लक्ष्यका कार्यक्रमअन्तर्गतको यो लक्ष्य हासिल गर्न नेपालले १५औँ आयोजनामा पानीका उपलब्ध स्रोतको संरक्षण, सम्वद्र्धन र किफायती उपयोग गर्ने नीति, रणनीति, कार्यक्रम र योजना तय गरेको छ ।यसअन्तर्गत सतहको पानी, वर्षाको आकाशे पानी, सतहमुनिको पानी तीनवटै स्रोतको उपयोग गर्ने नीति लिइएको हो ।
त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाहीले खानेपानीको महत्व आम नागरिकले बुझ्न जरुरी रहेको बताए । उनले भने,’यस्ता कार्यक्रम दिवस सिमित हुनु नहुने बताए । आम नागरिकले शुद्ध खानेपानी खान पाउनु पर्ने अधिकारका लागी सबै एक जुट हुन जरुरी छ ।
त्यस्तै शसस्त्र प्रहरी बल जुम्लाका एसपी चेतराज जोसीले पानी दिवस बनाउनु भन्दा जुम्लाको सरसफाईमा ध्यान दिनुपर्ने बताए ।उनले भने, जुगाड खोला दिनप्रतिदित दुर्गन्दीत बन्दैछ । यसको लागी आफ्नो शसस्त्र प्रहरी तयार छ । सन्दर जुम्लालाई कुरुप बनाउने फाहोर किन नठाउने भन्दै सबैलाई जिम्मेवारी बन्न अनुरोध गरे ।
त्यस्तै अहिले विश्वमा दुई अर्ब १० करोड मानिस सुरक्षित पिउने पानीबाट वञ्चित छन् । संसारका एक अर्ब ८० करोड मानिस फोहोर पानी त्यसमा पनि दिसाको अंश मिश्रित पानी पिउन बाध्य छन् । असुरक्षित पानी र कमजोर सरसफाइका कारण हरेक वर्ष करिब आठ लाख ४२ हजार जना मान्छे मर्ने गरेका विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।