जुम्लामा पहिलो पटक शिक्षक बलिदानी दिवस मनाइयो

जुम्ला : एकीकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाले बुधबार पहिलो पटक शिक्षक बलिदान दिवस मनाएको छ । पहिलो शिक्षक सहिद टंक भुसाल र शिक्षक सहिद खड्क बहादुर देवकोटा, लगायत सहिदहरुकाे सम्झनामा शिक्षक बलिदान दिवस मनाइएको हो । चैत्र ८ गते आजकै दिन महान सहिद खडग देवकोटा प्रति सम्मान संझना र श्रद्धाञ्जली यो दिवस मनाइने गरिएको एकीकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाले जनाएको छ ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाका अध्यक्ष जयशंकर धितालले जनयुद्धको उत्कर्ष मा शिक्षक खडग बहादुर देवकोटा रुकुमको क्याङ्सि मा सम्पन्न अखिल नेपाल शिक्षक सगठनको राष्ट्रिय सम्मेलन बाट सिन्धुलि तर्फ फर्किदै गर्दा तेतीवेलाको राज्य पक्षले गोलि हानि हत्या गरेको बताए । उनका अनुसार उनको निधनप्रति हामी दुखित छौ हत्यारा लाई कारवाहिको माग गर्दछौ । शिक्षक सहिद स्मृति समाज को तर्फबाट खडग देवकोटा, प्रथम शिक्षक सहिद टंक भुषाल समेत लगायका ३ सय ५१ भन्दा बढि सम्पूर्ण ज्ञात अज्ञात महान सहिद प्रति विशेष संझना र श्रद्धाञ्जलि अर्पण गर्दछौ ।

त्यस्तै नेकपा माओबादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य चन्द्र विर तिरुवा (रबिकिरण )ले सहिदहरुले देखाएको न्यायोचित विकासोन्मुखक विचारको बाटो पछ्याउने र समग्र शैक्षिक गतिविधि समेट्ने खालको कार्य गर्ने बताए ।उनले भने,’हिजो हामी युद्धमा हुदाखेरी ज्यान गुमाएको सहिदको सपना पुरा गर्न तर्फ माओबादी पाटी लागी परेको बताए । उनले भने,’आज जनयुद्ध दिवस राज्यले मनाउने दिन आएको बताए ।उनले थपे,’ सहिदका नाम राजपत्रमा प्रकाशित भएको बताए । नेकपा निकट शिक्षक सङ्गठनले चैत ८ गते शिक्षक बलिदान दिवसका रूपमा पहिलो पटक मनाएको हो । एकिकृत अखिल नेपाल शिक्षक सङ्गठन, अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्ठन अविर अखरबत्ती बालेर मनाएको छ ।

 

 

सम्बन्धित समाचार