काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई–दुई पटक संसद विघटन गर्नु गर्वको विषय नभएको बताएका छन् ।
सोमबार संसद बैठकमा दोस्रोपटक विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।
२६ पुसमा संसदमा प्रधानमन्त्री प्रचण्डले पहिलोपटक विश्वासको मत लिँदा संसद बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले संसद विघटन संवैधानिक भएको दाबी गरेका थिए । त्यसको जवाफ प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिदै दिएका हछन् । प्रचण्डले संसदको पहिलो दिनको बैठकमै संसद विघटन ठीक थियो भन्ने एमाले अध्यक्ष ओलीको कुराले आफूलाई नैतिक संकट परेको बताए ।
‘सर्वोच्च अदालतले दुई(दुईपटक असंवैधानिक भनेको त्यो अप्रिय कुरा गर्वको विषय होइन । तर, संसदको पहिलो बैठकमै संसद विघटन ठीक थियो भनेपछि तत्कालीन गठबन्धनमा अविश्वासको वातावरण सिर्जना भयो,’ ओलीप्रति लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले भने ।