केपी ओलीको आरोपः प्रचण्डले प्रधानमन्त्री बनाएको भोलिपल्टै इमान छोडे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री भएको भोलिपल्टै इमान छोडेर अरुसँग टाँसिएको आरोप लगाएका छन् ।

सोमबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डलाई आफूले प्रधानमन्त्री बनाए पनि बनेको भोलिपल्ट इमान छोडेको आरोप लगाएका हुन् ।

उनले भने, ‘माओवादी केन्द्रका अरु नेताहरूको दोष छैन । प्रचण्डकै कारण १० पुसको गठबन्धन टुट्यो, उनी इमानमा बस्न सक्ने नेता होइनन् । प्रचण्डले नै तत्कालीन नेकपालाई एकढिक्का हुन दिएनन् । हामीले वामपन्थी दल एक हुनुपर्छ भनेर नेकपा बनायौँ । तर, एकीकरण गरेपछि प्रचण्डले टिक्न दिएनन् ।’

अध्यक्ष ओलीले प्रचण्डले राष्ट्रिय शक्तिका रूपमा रहेको एमालेलाई कमजोर पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाए ।
उनले प्रचण्डमाथि विश्वास नरहेकाले एमालेले विश्वासको मत नदिने बताए ।

‘प्रचण्डमाथि विश्वास छ भन्ने गठबन्धनका दलहरूले भोट देलान् । हामीसँग स्वार्थ पनि छैन, झुक्नु पनि छैन,ुउनले भने,ुहामीले विश्वासको मत दिँदैनौँ ।

सम्बन्धित समाचार