प्रतिष्ठानको हेलचक्राँइले भर्ना भएका बिरामी जुगाड खोलामा मृर्त भेटिए

तातोपानी गाउँपालिका ५ लाम्राका लल्लु सार्की एक हप्ता देखि उपचारको लागी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा आएका थिए । ७३ वर्षका सार्कीको दम र खुटटा पोल्ने समस्या थियो । उनलाई प्रतिष्ठानमा भर्ना गरेर राखीएको थियो ।उनकी श्रीमति गोबिधारा सार्की कूरुवा थिइन ।
उनी ६ दिन देखी अपस्तालको चौथो तलामा भर्ना थिए । आईतबार राती सोढ १२ बजे तिर उनकी श्रीमति गोबिधारा सार्की निदाउदा खेरी बिरामी सार्की अस्पतालको बेडमा थिएनन । तेतिबेला लल्लु सार्कीको हातमा सुई समेत थियो । प्रतिष्ठान भित्र उनलाई नदेखेपछि सबैलाई खोजीकार्यको लागी हारगुहार गरेको गोबिधाराले बताइन । उनले भनिन,’कसैले सुनेनन। त्यसपछि घरका सबैलाई फोन गरे । अस्पतालका चिकित्सकलाई खोजी दिन अनुरोध गरे । तर कसैले बास्ता गरेनन । उल्टै तपाईको लापरबाही हो भन्दै हप्काए ।

प्रतिष्ठानमा भर्ना भएका बिरामी हराएको कुरा रातीनै सबैलाई भयो । घरबाट आफन्त आए । प्रहरीले पनि खोजी कार्यजारी राखेको बताएको थियो । बिहना प्रतिष्ठान भन्दा ४ सय मिटिर अगाडी जुगाड खोलामा शब भेटिएको तातोपानी ५ लाम्रा कै स्थानीय टेक राज नेपालीले बताए । उनले भने,’प्रतिष्ठानको लापरबाहीले गर्दा मृत्यु भएको हो ।

बिरामी हराय पछि राती नै खोजीकार्य हुनु पर्ने हो । तर प्रहरीलाई खवर गरिएको छ भन्दै प्रतिष्ठानले उल्टै आलटाल गरिएको मृतकका आफन्तहरुको भनाईछ । जुगाड खोलामा बिहना उनको शब भेटिएको थियो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक याम बहादुर बुढा मगरले भने अहिले त्यो शब प्रतिष्ठानको शबगृर्हमा राखीएको छ । मृर्तक सार्कीका छोरा काठमाण्डौ भएकाले आएपछि मात्रै पोस्मार्टम गरिने बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आइतबार राति साढे १२ बजेको समयमा बिरामी अस्पतालको कम्पाउन्डदेखि बाहिर निस्किएका थिए । प्रहरी निरीक्षक यामबहादुर बुढामगरले बिरामीको हातमा क्यानलग समेत थियो ।उनले भने,‘बिरामी अस्पताल बाहिर निस्केर लडेको र बेहोस भएर खोलामै बसिरहँदा मृत्यु भएको हुन सक्ने अनुमान छ ।’बिरामी हराएको खबर प्राप्त हुने बित्तिकै जिल्ला प्रहरी कार्यालय जुम्लाले प्रहरीको टोली परिचालन गरेको थियो ।

तर बिरामीका आफन्तहरुले भर्ना भएको बिरामी अस्पताल बाहिर निस्किएर खोलामा मृत भेटिनु राम्रो नभएको बताएका छन् । उनीहरुले अस्पतालबाट बाहिर निस्कँदा वार्डमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुदेखि गेटमा लागेका सुरक्षागार्डहरुले समेत वास्ता नगर्नु ठूलो समस्या भएको बताएका हुन।

बिरामी लल्लु सार्की अस्पतालको दुई तलामा रहेको ४ नम्बर बेडमा भर्ना भएका थिए । लल्लु अस्पताल बाहिर निस्केको कुरुवा रहेकी उनकी श्रीमतीले समेत थाहा पाइनन् । बिरामी भर्ना भएको वार्डबाट बाहिर निस्कँदा झन्डै तीन वटा गेट पार गर्नुपर्छ । तर कुनै पनि गेटमा उनलाई निगरानी नराख्नु लापरबाही भएको बिरामीका आफन्तहरुले आरोप लगाएका छन् ।

यता अस्पतालले पौने ११ बजे नै बिरामी नहुँदा कुरुवा बेसेकी उनकी श्रीमती गोबिधरालाई सार्कीलाई सोधेको बताएको छ । उनले बिरामी ट्वाइलेट गएको भनेकी थिइन् । ट्वाइलेटमा समेत नभेटाएपछि बिरामीको खोजी अस्पतालले पनि सुरु गरेको थियो । डक्टर र नर्सहरुले उनलाई नियमित रुपमा रेखदेखदेखि औषधि उपचार गराइरहेका थिए ।

मृतक सार्कीको परिवार दुई हप्ताअघि मात्रै काठमाडौंदेखि जुम्ला आएका थिए । उनका तीन छोरा र एक छोरी छन् । उनीहरू सबै काठमाडौं बस्छन् । बिरामीको शवलाई गाउँले बुहारीहरुले नै भेटाएका थिए । बिरामी खोज्न गाउँदेखि २ बजे नै आफन्तजनहरु सदरमुकाम खलंगा पुगिसकेका थिए । मृतकका नाती टेराज नेपालीले अस्पतालको लापरबाहीका लागि आफ्नो बाजेको मृत्यु भएको बताएका छन् । त्यस्तै यस बिषयमा बुझ्न खोज्दा प्रतिष्ठानका प्रवक्ता रमेश भट्टराइ , निर्देशक राजिब बिक्रम शाह र रजिस्टार नृपेन्द्र महतले फोन समेत उठाएनन ।

नागरिकको जिवन संग हेलचक्राई किन गर्दछ प्रतिष्ठान
प्रतिष्ठानले बिरामीको जिवनमा हेलचक्राई गरेको एक उदारण हुन् जुम्ला चन्दननाथ नगरपालिकाकी संजिता तामाङ ।३२ वर्षीया संजिताको माइतीघर ओखलढुंगाको बलखु गाबिस, हाल सुनकोसी गाउँपालिका–२ हो । जुम्ला चन्दननाथ नगरपालिका दशगैरागाउँका क्षेत्रबहादुर खत्रीसँग उनले विवाह गरेकी थिइन् । उनीहरूका करिब चार वर्षकी छोरी र साढे दुई वर्षका छोरा छन् । गत ११ असोज राति श्रीमानको कुटाईबाट संजिता तमाङ गम्भीर घाइते भएपछि जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । बियरको बोतलले हिर्काउँदा उनी बेहोस भएर ढलेकी रहिछन् ।

प्रतिष्ठानको एकद्वार संकट प्रणाली (ओसिएमसी)मार्फत आइसियुमा राखेर उनको उनको स्वास्थ्यमा सुधार नआएपछि १५ दिनपछि न्युरोअस्पतालमा पठाउने भनियो । बिपद्ले करर्णाली राजमार्ग बन्द थियो समयमा हवाई टिकट पाउन गाहे थियो । तर जुम्ला प्रशासनले सात हवाइजाहाजको सिट रोकेर नेपालगञ्ज पठायो। यहा बाट न्युरो अस्पताल पठाउने भनेर रिफर गरेर लगिए पनि उनलाई नेपालगञ्जस्थित भेरी अस्पतालको ओसिएमसीमा मात्रै राखियो । न्युरो अस्पातालमा पाठाइएन उपचारकै क्रममा उनको भेरी अस्पतालमा एक महिनापछि मृत्यु भयो । सार्की र तामाङ प्रतिनिधि पात्र मात्रै हुन । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले लापरबाही गरेको पटक पटक जनगुनासो आउने गरेको छ । यस पकट पनी सार्कीको मृत्युले ’अस्पतालको बिरामी कसरी बाहिर निस्कियो?, कहाँबाट खोलामा पुग्यो ?’ भन्ने विषयले अस्पतालको व्यवस्थापनमा प्रश्नचिह्न खडा भएको छ ।

 

सम्बन्धित समाचार