नाग्म–गमगडि राजमार्ग ५२ किमी ग्राभेल


जुम्ला ः नाग्म गमगडि राजमार्गको ५२ किलोमिटर ग्राभेल भएको छ । डिभिजन सड्क कार्यालय जुम्लाले पछिल्लो समय अलपत्र परेको तल्लो क्षेत्रको ग्राभेल कार्य अगाडि बढाएपछि करिब ५२ किमी ग्राभेल कार्य सकिएको हो ।
डिभिजन सड्क कार्यालय जुम्लाका ईन्जिनियर सन्तोष भण्डारीले नाग्म गमगडि राजमार्गको ९३ किलोमिटर लम्वाईको स्तरबृद्धिको लागि काम भईरहेको बताए ।

जुम्ला र कालिकोटको सिमा नाग्म देखी हिमा गाउँपालिका क्षेत्रमा सांसद बहादुर सिंह लामाको फमको ठेक्का पनि अहिले काम भईरहेको छ । सो क्षेत्रको ठेक्का ५ बर्ष देखी वाँकी ६ किलोमिटर सम्म काम हुन सकेको थिएन । अहिले स्थानीय निर्माण व्यवसायी बलीबहादुर शाहीले निर्माण गरिरहेका छन् । अव सो काम अन्तिम टुंगो लाग्दैछ ।

त्यो राजमार्गको विभिन्न स्थानमा गरि अहिले ५२ किलोमिटर ग्राभेल कार्य भईसकेको र अन्य काम अगाडि बढाईने डिभिजन सड्कले बताएको छ । सो क्षेत्रमा अप्ठ्यारो स्थान निर्माणका लागि अगाडि बढाईएको छ । मुगु जिल्लाको गमगडि बाट ताल्चा सम्मको सड्क कङ्क्रिट सिमेन्टले निर्माण गर्न थालिएको डिभिजन सड्कले जनाएको छ ।
त्यस्तै डिभिजन सड्कका प्रमुख राजेन्द्र श्रेष्ठका अनुसार नाग्म गमगडि राजमार्ग स्तरबृद्धिका लागि प्रथामिकताका साथ काम भईरहेको छ । उनले अव त्यहाँको काम तिव्रगतिमा अगाडी बढ्नेमा जोड दिए ।
१० वटा पुलको सम्झौता
नाग्म गमगडि अर्थात रारा सिञ्जा राजमार्गका विभिन्न क्षेत्रमा १० वटा पुलहरु पनि बन्ने भएका छन् । ईन्जिनियर सन्तोष भण्डारीका अनुसार सड्क विभागको पुल महाशाखा अन्तरगत नाग्म, बाजागाडा सहित विभिन्न खोलाका १० वटा पुल ठेक्का प्रक्रियामा गई सम्झौता समेत अगाडि बढेको बताए ।
२० किमी कालोपत्रे हुने
त्यस्तै नाग्म गमगडि राजमार्गकोे २० किलोमिटर क्षेत्र कालोपत्रे हुने भएको छ । डिभिजन सड्क कार्यालयका अनुसार सरकारको यो बर्षको बजेट योजना अनुसार २० किलोमिटर क्षेत्रमा कालोपत्रे गर्ने योजना रहेको छ । यो बर्ष सो योजनालाई प्रथामिकता दिने कार्यालयको जोड रहेको कार्यालय कार्यालय प्रमुख श्रेष्ठले बताए । उनले भने,“कालोपत्रेका लागि अर्थमन्त्रालयमा स्विकृत मागिएको छ ।
सडककै कारण पर्याटकलाई सास्ती
नेपालको ठूलो राराताल जाजे सडक र खससभ्यताको खानी भनेर चिनिने सिञ्जा क्षेत्रमा जाने प्रर्यटक वर्षेनी सास्ती भोग्दै आएका छन । पर्यटकीय दृष्टिकोणले यही राजमार्ग मार्फत आवत जावत गर्नु पर्ने तर सड्कको स्तरबृद्धी राम्रो नहुदा बर्षौ देखी नागरिकले सास्ति पाएका हुन । अहिले पनि पानीमा हिलो र घाममा धुलो यस राजमार्गका यात्रुहरुले सास्ति भोग्ने गरेका छन् । अव ग्राभेल सहित कालोपत्रे भएमा भने सजिलो हुने भएको छ । सडककै कारण त्यहा उत्पादिन कृषि बालि तथा स्याउ ओखर सहित फलफुलहरुलाई निर्यात गर्न कठिन हुने गरेको त्यहाका स्थानीयको गुनासो छ ।