लिभर कोर्निङ डिजिजका बिरामी शाहीलाई आर्थिक सहयोग

जुम्ला ः कलिकोट महाबै गाउँपालिका ५गेलागाउका ४७ वषिर्य जनक बहादुर शाही एक हप्ता देखी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार छन । उनी लिभर कोर्निङ डिजिजका बिरामी हुन । उनलेको उपचार काठमाण्डौमा रहेको बिर वा टिचिङ अस्पतालमा हुनु पर्ने हो । तर उनिसंग आर्थिक नभएका कारण उनी जुम्लामा रेहेको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गर्न आएको बताउछन । बिरामी शाहीले भने, मसंग काठमाण्डौ जाने समेत आर्थिक छैन । उपचारको कुरा परैजाहोस । उनीसंग काठमाण्डौ जाने भाडा नभयर एक हप्ता देखि प्रतिष्ठानमा उपचार गराइ रहेका छन । ४७ वषिर्य जनक बहादुर शाहीले भने,“प्रतिष्ठान रिफर गर्न तयार छ । म आर्थिक अभावमा यहि पचार गराएको हु । उनले भने स्वाथ्यबिमा पनी गरेको थिइन ।

लिभर कोर्निङ डिजिजका बिरामी शाही आर्थिक अभावले प्रतिष्ठानमै उचार गराइरहेको खवर पाएपछि कलिकोटकै महाबै गाउँपालिकाका उपाध्यक्ष मनराज शाहीले ३० हजार नगत सहयोग गर्नु भएको छ । कालिका मा.बि.राँचुली कालिकोटका प्रधानाध्यापक खगेन्द्र शाहीको पहलमा उपाध्यक्ष शाही कर्णाली स्वास्थ बिज्ञान जुम्लामै पुगेर ब्यक्तिगत रुपमै ३० हजार सहयोग गरेका हुन ।

प्रधानाध्यापक खगेन्द्र शाही भने,“यस्तो समस्या भएको थाहा पाएपछि उनको उपचार गर्नका लागी केही राहत पुगोस भन्ने हेतुले पहल गरिएको हो । उनले थपे बिरामी शाही लाई टिचिङ हस्पिटल काठमाडौ सम्म पुग्नको लागि भाडाको ब्यवस्था गरिएको छ ।

उनलाई प्रतिष्ठानका मेडिसिन बिज्ञ डा.धिरज गुरुङ र डा.राजेन्द्र मणि गिरी को प्रत्यक्ष निगरानिमा उपचार भैरहेको छ। शाहीले भने यस पछि उपचारमा सहज होस भनेर स्वास्थ्य बिमा पनी गरीदिएका छौ । प्रतिष्ठानले फागुन एक गते रिफर गर्ने भएको छ। आर्थिक अभावमा उपचार ढिलो हुँदा धेरैको ज्यान जानेको छ । अलिअलि भएको पनि सहयोग गरिएको उनको भनाइ छ । बिरामी शाहीले आर्थिक अवस्था कमजोर रहेकाले उपचारको लागी सहयोग गरिदिन सहयोगी मानलाई अपिल गरेका छन ।

 


error: Alert: Content is protected !!