किशोरीलाई शौचालयमा लगेर बलात्कार गरेको युवक पक्राउ

सर्लाही: १५ वर्षीया किशोरीलाई  शौचालयमा लगेर जबरजस्ती  बलात्कार गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने कबिलासी नगरपालिका–८ बस्ने २० वर्षीय पपु बैठालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । बैठाले ती किशोरीलाई हरिवन नगरपालिका–३ स्थित शौचालयमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।