चन्द नेतृत्वको नेकपाका जुम्ला इन्चार्ज तिरुवा सहित ३६ नेता कार्यकर्ता माओवादीमा

जुम्ला– बिप्लव नेतृत्वको नेकपाका जुम्ला जिल्ला इञ्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’सहित ३६ जना माओवादी केन्द्रमा समाहित भएका छन् । मंगलबार बिहान माओवादी अध्यक्ष ‘प्रचण्ड’ निवासमा खुमलटारमा रविकिरणसहित जिल्ला कमिटीका सदस्यहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रचण्डले प्रवेशी नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने बताएका छन् ।

त्यस्तै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा जुम्ला इन्चार्ज चन्द्रबहादुर तिरुवासहित पाँच दर्जन नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा गरेका छन् ।उनीहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौँमा स्वागत गरेका हुन् । चन्द नेतृत्वको नेकपाको जुम्ला जिल्ला समिति नै माओवादीमा समाहित भएको दाहालको सचिवालयले जनाएको छ ।