कांग्रेस महाधिवेशन : उपसभापतिको मतगणना सुरु

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना सुरु भएको छ।

निर्वाचन समितिका अनुसार साँझ ६ बजेदेखि मतगणना सुरु भएको हो।

दुईजना उपसभापति पदका लागि सातजना प्रतिष्पर्धामा छन्।

सभापति शेरबहादुर देउवा प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, डाक्टर शेखर कोइराला प्यानलबाट डा.चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइरालाको उम्मेदवारी छ।

साथै महेश आचार्य र दिव्यश्वरी शाह पनि उपसभापति पदको प्रतिष्पर्धामा छन्।