बेरोजगार युवालाई रोजगारी दिने अभियानमा तिलागाउपालिका
जुम्ला ः तिलागाउपालिकाले बेरोजगारी युवालाई रोजगारी दिने अभियान थालेको छ । बेरोजगारका कारण निराश, उदास र दिशाहीन बनेका युवा शक्तिलाई रोजगारी दिनकै लागी सहुलियत कर्जा सजिकरणका लागी उद्योमशिलता तथा वितृयसाक्षरता तालिम दिइएको हो ।तिलागाउपालिकाले युवा संग अध्यक्ष रोजगार कार्यक्रमार्फत पालिकाको आर्थिक विकासलाई माथि उठाउनका लागी यस्तो कार्यक्रम संञ्चालन गरेको हो ।
उत्त पालिकाले आफ्नो पालिकामा दक्ष उद्योमी उत्पादन गरी कर्णाली प्रदेशकै समृद्धीका लागी परिचालन हुने तिलागाउपालिकाका अध्यक्ष रतन थान यौगीले बताए । उनले भने युवालाइ उद्योमशिलता संग जोडेर , रोजगार बनाउने पालिकाको पहिलो लक्ष्य हो । युवाजनशक्तिलाई पालिका भित्रै रोजगारीका अवसर सिर्जना गर्नका लागी राष्ट्रिय युवा परिष्द , तिलागाउपालिका र नविनबैंकको साझेदारीमा उद्योमशिलता तालिम दिइएको हो ।
उनले भने, “स्थानीय सरकारले युवालाई केन्द्रित रोजगारीका कार्यक्रम ल्याउने तिलागाउपालिका पहिलो गाउपालिका हो । अध्यक्ष यौगीले तिलाले युवाका लागी संञ्चालन गरेको उद्योमशिल कार्यक्रम सबै नेपाली युवाले गौरव महसुस गर्ने गरी नतिजामुखी हुने छ । उद्योमी बन्ने युवाका लागी गाउपालिकाले अपनत्व गर्ने छ ।”रोजगार कार्यक्रम अहिलेको आबश्यबता हो अमुक विचार, पार्टी, आस्था, मान्यताको दायराभित्र सीमित नरहने दाबी गर्दै उहाँले आम तिलाका युवालाई समान र निश्पक्ष अवसर पैदा गर्ने गरी सञ्चालन हुने दाबी गरे ।
अध्यक्ष यौगीले सबै युवाको क्षमता, प्रतिभा, सीप जोश जागर विकासमा पर्याप्त उपयोग गर्ने गरी कार्यक्रम सञ्चालन हुने बताउँदै भने, “सबै युवाले साझा कार्यक्रम र गौरव महसुस गर्ने गरी कार्यक्रम सञ्चालन गरिन्छ ।त्यस्तै पुर्व राज्यमन्त्री बलबहादुर महतले श्रम बजारको दायरालाई फराकिलो पार्दै रोजगारीका अवसरलाई प्रशस्त बनाइने बताउँदै उनले श्रमिकलाई दक्ष र सीपयुक्त बनाइ श्रमिकको उत्पादकत्व वृद्धि गर्न तिलाले विशेष कार्यक्रम सञ्चालन गरेको बताए । उनले सीपविनाको जनशक्ति बेरोजगार हुने भन्दै युवालाई रोजगारीमा जोडन सिपसिकाउ आबश्यक रहेको छ ।
उनले भने, “जुम्ला भित्र भित्रैका जनशक्तिलाई रोजगारी दिने स्थानीय सरकारको प्रमुख प्राथमिकता हो । तिलाले विकासका अभियान अगाडि लैजाँदा यहाका जनशक्ति मुलुकभित्रै उपयोगमा आउन सक्छ ।
त्यस्तै युवालाई रोजगारी संग जोड्नका लागी तिलागाउपालिका संग साझेदारीपत्रमा हस्ताक्षर गरेको नविनबैंकले कुन क्षेत्रमा कतिको सङ्ख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने अध्ययनको तयारीमा लागेको बताएको छ । हामी युवाका लागी लगानी गर्न तयार छौ नविन बैंकका केन्द्रीय अध्यक्ष उपेन्द्र पौडेलले भने ,यहाको युवालाई रोजगारीसंग जोड्न लाखौँ कार्यक्रम सार्वजनिक गर्छौं ।”
शिक्षित बेरोजगारलाई रोजगारीको अवसर उपलब्ध गराउनु चुनौतीपूर्ण विषय रहेको बताउँदै उनले सानो नीतिगत निर्णयले मात्रै लाखौँको सङ्ख्यामा रोजगारी सिर्जना गर्नसक्ने सम्भावना देखिएको बताए । उनले भने, “श्रम व्यक्तिको जीवन, भविश्य, समृद्धिको महत्वपूर्ण आधार हो, श्रमलाई एकदिवसीय अभियानका रुपमा मनाउने होइन, हरेक नागरिकको जीउने कलाका रुपमा श्रमलाई सम्मान गर्ने गरी अभियान चलाउन आश्यक छ ।
तिलागाउपालिकामा बेरोजगारीका कारण युवा जनशक्ति बाँच्नकै लागि विदेशिन बाध्य भएको छन । गरीबी र बेरोजगारी प्रमुख चुनौती रहेको छ । तिलागाउपालिको युवा जनशक्तिलाई उद्योमी बनाउनका लागी ७ दिने उद्योमशिलता तालिमा दिइएको छ । उक्त तालिममा तिलागाउपालिका १ देखी ९ वडा सम्मका १सय ६८ जनाको सहभागीता रहेको छ ।









