सिंजा संरक्षण तथा विकास विधेयक ः यहि२८ गते सूझाव संकलन गरिदै

जुम्ला ः यस अघि सिंजा सभ्यताको विकास तथा संरक्षण गर्न पहिलो पटक कर्णाली प्रदेशसभामा ‘गैरसरकारी विधेयक’ दर्ता भएको थियो । कर्णाली सरकारका पूर्व कानूनमन्त्री तथा जुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य नरेश भण्डारीले ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ प्रदेशसभामा दर्ता गराएका हुन ।
उक्त ‘गैरसरकारी विधेयक’ माथीको बहस यहि कार्तिक २८ गते आईतबार हुने भएको छ । सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८ बिषयमा कर्णाली प्रदेशसभाको आयोजनामा कर्णाली प्रदेश सचिवालयमा दर्ता भएको “सिञ्जा संरक्षण तथा विकास विधेयकको” सूझाव संकलन कार्यक्रम कनका शुन्दरी गाउपालिकाको ४ वडामा रहेको लामाथाडामा हुने भएको छ ।

जुम्ला स्थित, राजनितीदल ,समाजसेवी, बुद्धीजिवी , पत्रकार लगायत सरोकारवाला निकायहरुको निम्न मिति, स्थान र समयमा गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ । लागी मिति २०७८।०७।२८ गते आइतबार कनकासुन्दरीगाउपालिकाको वडा नं ४को लामाथाडामा ठिक १०ः३० बजे उपस्थिति भइदिनका लागी नेपालपत्रकार महासंघ शाखा जुम्लाले सबैमा आग्रह गरेको छ ।

देशको मूल सभ्यतासँगै भाषाको उद्गमस्थलका रूपमा रहेको सिंजा क्षेत्रको संरक्षण तथा विकासका लागि आवश्यक ठानिएकाले गैरसरकारी विधेयक दर्ता गराइएको सांसद भण्डारीले बताए । ‘विधेयकले खस संस्कृतिको संरक्षण, प्रचारप्रसारका लागि कोसेढुंगाको काम गर्ने विश्वास लिएको छु,’ भण्डारीले भने यसमाथीको सुझाब संकलन गर्नका लागी एक दिने बहस गर्न खोजीएको बताए ।

सिंजा सभ्यता क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका मठ–मन्दिर, थान, ताल, सरोवर, गुफा र अन्य तीर्थस्थलहरूको पहिचान, खोजी तथा अनुसन्धान गर्ने, सिंजा सभ्यता क्षेत्रको वातावरणीय सन्तुलन कायम राख्न आवश्यक काम गर्ने विधेयकमा उल्लेख छ ।भण्डारीले दर्ता गराएको विधेयकको दर्ता नम्बर ५८ (गैरसरकारी क्षेत्रबाट पहिलो हो ।

सम्बन्धित समाचार