कोरोना बाट मृत्यु हुनेका लागी सुरक्षाकर्मी नै सन्तान ,देखी मलामी सम्म


जुम्ला ः अघिल्लो साता कालिकोट तिला गुफा नगरपालिकाका ६७ बर्षिय कोरोना संक्रमितको मृत्यु भयो । यसै साता सुर्खेत घर भई कालिकोटमा व्यवसाय चलाउदै आएका ३८ बर्षिय एक युवकको मृत्यु भएको थियो । त्यस्तै मंगलबार कालिकोट तिलागुफा नगरपालिकाका ८० बर्षियएक संक्रमितको बिहान मृत्यु यो ।उनिहरु तिनै जनाको मृत्यु कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भएको हो । कोरोना संक्रमण भएर गम्भीर बिरामीपरेका उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना गरेर भेन्टिलेटरमा उपचार भइराखेको थियो । अहिले एक जना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइराखेको छ ।प्रवक्ता रमेश भट्टराईले जुम्ला अस्पतालमा उपचार गराइरहेका संक्रमितको मृत्यु हुने क्रम जारी रहेकोले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न जुम्लाबासीलाई आग्रह गरे । उनिहरुको शव नेपाली सेनाको शव व्यवस्थापन गरेको छ ।

अस्पताल बाहिरपट्टि कुरिरहेका आफन्त तनावमा हुन्छन बिरामीको अवस्था गुम्भीर छ? निको हुने हो होइन? यस्तै कुरा मनमा खेलाई रहेका हुन्छन । सायद मृत्यु कसले रोज्ला र ,‘तर पनि सबैको मृत्यु हुन्छ, नै तर यसरी मृत्युचाहिँ तत्काल नहोस, कोरोना संक्रमितको रिपोट ,कोरोना नेगेटिभ भएपछि मात्र होस्। नेगेटिभ भए शब देख्न पाइन्थ्यो , आफन्त वरिपरि बसेर श्रद्धाञ्जलि दिन पाइन्थ्यो! मलामी त जान पाइन्थ्यो! आफ्नो संस्कारअनुसार अन्त्येष्टि कर्म गर्न पाइथ्यो भन्ने आफन्तको हृर्यभरिएको हुन्छ । उनिहरुलाई बचाउनको लागी चिकित्सकको प्रयास निरर्थक बन्छ।
कतिपय संक्रमितको ज्यान बितिजान्छ। अनि कुरुवा र आफन्तको कोलाहल सुरु हुन्छ अस्पतालमा। आफन्तको व्यक्तिको शव न छुन न हेर्न पाइन्छ! वार्ड वा आईसीयूबाट शव सीधै शब ब्यवस्थापन टोलीलाई द्इिन्छ । तेति बेला आफन्तको ठुलो चीत्कार सुनिन्छ ।

अन्त्येष्टिमा लैजाँदा आफन्त मलामी जान पाउँदैनन्। उनिहरु गइहाले पनि पर बसेर ‘अछूत’ जसरी हेर्न विवश हुन्छन् सन्तान, आफन्त वियोग छँदै छ, अन्तिम संस्कारमा सहभागी हुन नपाउँदा मन भारी हुन्छ। त्यसैले नेपाल प्रहरी ,नेपाली सेना, ससस्त्र प्रहरीबल नै कोरोना संक्रमित बाट मरेका बिरामीका सन्तान देखी मलामी जस्तै बनेका हुन ।
अझै भन्ने हो भेन, शव व्यवस्थापनको जिम्मेवारी नै प्राय नेपाली सेनाले लिन्छ।सैन्य जवान पीपीईले शरीर ढाकीयर शव गाडीमा हाल्छन्।

अनि उनीहरुले नै अन्त्येष्टिस्थ’लतर्फ पु¥याउँछन्। घाटमा शव झार्छन्। अन्तिम सम्मान स्वरुप सलामी अर्पण पनि उनिहरुले नै गर्छन्।दागबत्ती दिन्छन्। शब नजलन्जेल सम्म निगरानी गर्छन्। आफन्तलाई अन्तिम चिनो अस्तु दिएपछि सुरक्षा निकायको जिम्मेवारी सकिन्छ। मलामी जानेदेखि सलामी दिनेसम्मको काम सुरक्षा निकाय बाट हुँदै आएको छ ।
त्यसैले महामारीमा ‘मर्दाको मलामी’ बनेको छ नेपाली सेना सरकारले नै संक्रमितको शव व्यवस्थापनको जिम्मेवारी गत वर्ष नै सेनालाई दिएको हो। महामारीका बेला सबैले आआफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ,। उनले भने ,सेनाले देश र जनता संकटमा परेका बेला सघाउने हो। हामी त्यही गरिरहेका छौं। महामारीबाट बाँच्न–बचाउन पनि नेपाली सेनाले हरसम्भव प्रयास गरिरहेको हुन्छ  ।

त्यसो त नेपाली सेनाले कोरोना भाइरसको पहिलो चरणदेखि नै विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएको छ। अन्तिम समयमा शव छुनु र हेर्न नपाउनुको पीडा कम होस् भनेर सम्मानस्वरूप सेनाले सलामी गरिएको छ ।
जुम्लामा मात्रै नभयर कोरोना संक्रमणबाट ज्यान गुमाएकाको शव व्यवस्थापनका लागि काठमाडौं उपत्यकामा सेनाका ८ वटा शव वाहन परिचालित छन्। स्थानीय तह र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा शव व्यवस्थापन र महामारी नियन्त्रणका सेनाले कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार