जुम्लामा चरेससहित एक जना पक्राउ
जुम्ला: जुम्लामा लागुऔषध (चरेस) सम्बन्धी कसुरमा एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार असार २९ गते साँझ करिब ६ बजे चन्दननाथ नगरपालिका ७, महतगाउँ निवासी ३७ वर्षीय सन्तोष महतले चरेस कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।
प्रहरीले कानुनबमोजिम उनको घरमा खानतलासी गर्दा घरमै सञ्चालन गरिएको पसलको टेबुलको घर्रा भित्र लुकाइराखिएको चरेसजस्तो देखिने कालो पदार्थ फेला पारेको जनाएको छ। बरामद गरिएको पदार्थ मान्यता प्राप्त तराजुले नापतौल गर्दा शुद्ध तौल ११.६७० ग्राम चरेस रहेको प्रहरीले जनाएको छ।
बरामद चरेससहित सन्तोष महतलाई पक्राउ गरी लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालत जुम्लाबाट सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता निर्देश बरालले जानकारी दिएका छन्










