जुम्लामा पहिलो पटक स्वर्ण प्राशन सम्बन्धी अभिमुखिकरण कार्यक्रम
जुम्ला : आयुर्वेद स्वास्थ्य सेवा केन्द्र, जुम्लाको आयोजनामा स्वर्णप्राशन (स्वर्ण बिन्दु प्राशन) सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम गरिएकाे छ । चन्दननाथ नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागितामा आयोजित उक्त कार्यक्रम होटल मानव सरोवरमा आइतबार बिहाना दस बजेबाट सुरु गरिएकाे हाे ।
कार्यक्रममा जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख किरण शर्माले जुम्लामा यस प्रकारको स्वर्ण प्राशन कार्यक्रम पहिलोपटक सञ्चालन गरिएको उल्लेख गर्दै यसको महत्त्वबारे प्रकाश पारेका थिए । उनले वैशाख ६र ७गते सञ्चालन हुने राष्ट्रिय खोप कार्यक्रम हुने भएकाले याे कार्यक्रम सफल बनाउन स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुने बताए । उनले खाेप अभियानका लागि सबै स्वयंसेविका जाने भएकाले आयुर्वेदले याे अवसरमा सञ्चालन गरिएको यो कार्यक्रमले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

त्यस्तै कार्यक्रमका सभापति तथा आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सन्तोष पौडेलले स्वर्णप्राशनको औषधीय तथा पोषणीय महत्त्वबारे जानकारी गराएका थिए। उनका अनुसार स्वर्णप्राशन आयुर्वेदमा वर्णित प्राचीन विधि हो, जसको उत्पत्ति काश्यप संहितामा पाइन्छ।
यस विधिअनुसार एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई विशेष प्रकारको औषधीय मिश्रण खुवाइन्छ।उनले भने, जसले शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ।
त्यस्तै स्वागत मन्तव्य मार्फत आयुर्वेद स्वास्थ्य केन्द्रकी सुमित्रा आचार्यले जुम्लामा पहिलोपटक सञ्चालन भएको यस कार्यक्रमलाई प्रभावकारी बनाउन स्वयंसेविकाहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेकी थिईन ।
कार्यक्रममा विभिन्न विषयमा विशेषज्ञहरूले प्रशिक्षण दिएका थिए। डा. सन्तोष पौडेलले स्वर्णप्राशनको परिचय र महत्त्वबारे प्रस्तुति दिने छन , भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. मुन्ना केशरीले बालबालिकाको विकासक्रम (Milestone Development) सम्बन्धी जानकारी दिनेछन । त्यस्तै, किरण शर्माले कुपोषण (Protein Energy Malnutrition) का विषयमा प्रस्तुति दिने छन भने डा. रमेश आचार्यले बालबालिकामा देखिने विभिन्न रोगहरूबारे जानकारी दिने छन ।
आयुर्वेदमा वर्णित श्लोकअनुसार स्वर्णप्राशनले बुद्धि, पाचन शक्ति र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने, आयु बढाउने तथा बालबालिकालाई रोगबाट जोगाउने विश्वास गरिएको छ। नियमित सेवनले बालबालिका मेधावी बन्ने तथा छ महिनाभित्र स्मरण शक्ति वृद्धि हुने उल्लेख गरिएको छ।
नेपालमा विगत केही वर्षदेखि लागू हुँदै आएको स्वर्णप्राशन कार्यक्रम यस वर्षदेखि कर्णाली प्रदेशका सुर्खेत, कालिकोट र जुम्लामा विस्तार गरिएको हो।
कार्यक्रममा चन्दननाथ नगरपालीका भरीका महिला स्वास्थ स्वयसेविकाहरुकाे सहभागीता रहेकाे थियाे ।
कार्यक्रमको मुख्य उद्देश्य बालबालिकाको समग्र स्वास्थ्य सुधार, कुपोषण न्यूनीकरण तथा आयुर्वेदिक उपचार प्रणालीको प्रवर्द्धन रहेको आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाले जनाएको छ।









