निर्वाचन आयोगमा नरेश भण्डारीले बुझाए निर्वाचन खर्च विवरण

जुम्ला :नेपाली कम्युनिस्ट पाटी जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार नरेश भण्डारीले आफ्नो निर्वाचन खर्च विवरण पेश गरेका छन्।उनले जिल्ला निर्वाचन कार्यालय जुम्लामा पेश गरेको विवरण अनुसार निर्वाचन अभियानमा कुल १० लाख २ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

विवरणमा मनोनयन दर्तामा १० हजार, मतदाता नामावली व्यवस्थापनमा १२ हजार, प्रचार सामग्री (मतपत्र, झण्डा, ब्यानर लगायत) खरिद तथा छपाइमा २ लाख ३५ हजार, यातायातमा २ लाख ६५ हजार, डिजिटल प्रचार सामग्री उत्पादन तथा प्रसारणमा २ लाख ५० हजार खर्च भएको उल्लेख छ।

त्यसैगरी इन्टरनेट तथा सञ्चारमा ५ हजार, इन्धनमा ८५ हजार, खाना खर्चमा ९५ हजार र विविध शीर्षकमा ४५ हजार रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।

उक्त खर्च विवरण प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन–२०७४ र निर्वाचन आयोगले तोकेको आचारसंहिता अनुसार पेश गरिएको उम्मेदवार भण्डारीले जानकारी दिएका छन्।