फुटबल प्रतियोगिताको फाइनलमा चन्दननाथ–३ र जनसेवा
जुम्ला:जुम्लामा जारी सेमिफाइनल फुटबल प्रतियोगिताको फाइनलमा चन्दननाथ नगरपालिका–३ र जनसेवा युवा क्लब प्रवेश गरेका छन्।
शनिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक चन्दननाथ नगरपालिका–३ ले फोईकालिका युवा क्लबलाई १–० को अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। चन्दननाथ–३ का खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै एक मात्र निर्णायक गोल गरेका थिए।
त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा जनसेवा युवा क्लबले मिलन युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ। खेलमा जनसेवाका खेलाडीहरूले प्रारम्भदेखि नै आक्रामक प्रदर्शन गर्दै जित सुनिश्चित गरेका थिए।
आयोजक प्रतियोगिता समितिका संयोजक राजबहादुर खत्रीका अनुसार अब फाइनल खेलमा आयोजक चन्दननाथ–३ र जनसेवा युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ। विजेताले उपाधिसँगै पुरस्कार पनि पाउनेछन्।









