एक लाख एकहजार रासीको पुरस्कार जनसेवा बि को हातमा (फोटोफिचर)
जुम्ला : जुम्लामा लामो समयदेखि सञ्चालित पुरुष फुटबल प्रतियोगितामा जनसेवा युवा क्लब ‘बी’ विजेता बनेको छ।प्रतियोगितामा कुल ४४ टिमले सहभागिता जनाएका थिए। फाइनल खेल जनसेवा युवा क्लब ‘बी’ र चन्दननाथ नगरपालिका–३ बीच आइतबार दिउँसो सम्पन्न भएको हो। निर्धारित समयसम्म दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
पेनाल्टीमा जनसेवा युवा क्लब ‘बी’ विजयी बनेको हो। उपाधिसँगै जनसेवाले करकट्टीसहित एक लाख एक हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ।
त्यसैगरी उपविजेता बनेको चन्दननाथ नगरपालिका–३ ले करकट्टीसहित पचास हजार पाँच सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ।
प्रतियोगितामा ४४ टोली दर्ता भएका थिए भने झण्डै सात सय खेलाडीले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका थिए। खेलको अवलोकन गर्न हजारौँ दर्शक उपस्थित भएका थिए।
विजेता जनसेवा युवा क्लब ‘बी’ ले करकट्टीसहित एक लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्दा आयोजक चन्दननाथ नगरपालिका–३ टिम उपविजेतामा सीमित भएको हो।









