जुम्ला प्रहरीले दिइदै आएको अनलाईन ठगी सेवा प्रभावकारी बन्दै


जुम्ला:पछिल्लो समयमा भइरहेको अनलाइन ठगिबाट जोगिन नेपाल प्रहरीले अनुरोध गरेको छ । विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी बढेको भन्दै ठगीबाट बच्न विशेष सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालय जुम्लाले अनुरोध गरेको हो ।

जुम्लामा पनी सामाजिक सञ्जाल जस्तै फेसबुक, इन्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, म्यासेन्जर, भाइबर तथा इमोलगायतबाट फोन गरी डिजटिल वालेट तथा बैंक÷वित्तीय संस्थाबाट बोलेको भनी विभिन्न अपरिचित नम्बरहरूबाट फोन गरी वा म्यासेज गरी नेपाल सरकारका कर्मचारी तथा आम सर्वसाधारणलाई समेत धोकापूर्ण तरिकाले प्रलोभनमा पारी ठगी गरिएको पाइएको हो । जुम्ला प्रहरीले घटनाहरूप्रति गम्भीर बनी ठगीबाट बच्न अनुरोध गर्दै आएको छ ।

प्रहरीका अनुसार पछिल्लो समयमा सामाजिक सञ्जालमा विभिन्न खालका प्रलोभनमा पार्ने म्यासेज पठाउने र विभिन्न किसिमका एआइले बनाएको आवाजबाट कल गरी तपाईँको सामान आएको छ, तपाईँलाई फाइदा हुने खालको व्यापार छ भन्नेजस्ता लिङ्क पठाई खोल्न लगाउने र लिङ्क खोल्ने बित्तिकै युजरनेम र पासवर्डमा पहुँच पुर्याएर पैसा रकमान्तर गर्ने गरेको प्रहरीको सीआइबीले पटक पटक आम नागरिकलाई अनुरोध गरेको पाइन्छ ।

अनलाइन व्यापारको नाममा सामाजिक सञ्जालमा विभिन्न साइटहरू खोली सामानको आकर्षक फोटो भिडियो अपलोड गर्ने र कुनै ग्राहकले सामान अर्डर गर्दा विभिन्न बैंक खातामा रकम माग गर्ने र रकम प्राप्त गरिसकेपछि सामान डेलिभरी नगरी सम्पर्कविहीन हुने अवस्थासमेत रहेको देखिन्छ ।

त्यस्तै प्रहरीले अनलाइन ठगीबाट जोगिन आफ्नो पासवर्ड, बैंक विवरण, पर्सनल डाटा अरू कसैसँग शेयर नगरौँ ,सामाजिक सञ्जालमा धेरै व्यक्तिगत विवरण जस्तै जन्म मिति, ठेगाना, आदी नराख्ने , किनमेल गर्दा वा भुक्तानी गर्दा ध्यानदिनु पर्ने ,अनलाइन प्रस्तावहरूमा सावधानी अपनाउने, साइबर सुरक्षा सम्बन्धी नयाँ जानकारीहरू पढिरहने गर्नु पर्ने देखिन्छ ।

त्यस्तै नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेपछि चालु आर्थिक बर्षबाट जिल्ला प्रहरी कार्यालय जुम्लाले अनलाईन ठगी तथा बैकिङ कसुरको सेवा शुरु गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । प्रहरीका अनुसार बर्ष २०८१।०८२ सालमा बैकिङ कसुरको निवेदन संख्या २४ दर्ता भएका छन् । जस मध्य १० वटा फर्छौट भएका छन् ।

त्यस्तै अनलाईन ठगिमा आर्थिक बर्ष ०८१।०८२ मा ३१ वटा निवेदन दर्ता भएका छन । भने जसमध्यबाट ४ वटा पर्छौट भएको बैङ्किङ कसुर, अनलाईन ठगि, साईवर अपराध मुद्दाका अनुसन्धान अधिकारी कृष्णबहादुर रोकायाले जानकारी बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट यो सेवा शुरु भएयता धेरै मानिसहरुले राहात पाएको समेत जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक बर्ष २०८०।०८१ र ०८१।०८२ भदौ सम्मको ठगिको प्रकृतिको तथ्यांकमा जम्मा ४१ वटा अनलाईन ठगि तथा बैंकिङ कसुरका घटना दर्ता जसमा १० वटा फर्छौट भईसकेका छन् । प्रहरीका अनुसार जस अन्तरगत पार्सल तथा डलर पठाई कर बापतको रकम जम्मा गर्न लगाई ठगी गरिएको ३ वटा गठि मध्य एउटा फर्छौट भएको छ ।जसमा रु ३ लाख ६० हजार रकम फिर्ता भएको छ ।

त्यस्तै बैंक खातामा अनाधिकृत पहुँच पुर्याई रकम ठगि १६ वटा निवेदन रहेका थिए । जस मध्य प्रहरीको सक्रियतामा ३ वटा फछौट भएका छन् । जसमा रु ४० हजार फर्छौट भएको छ । यसैगरी १२ जनालाई सामाजिक सञ्जालमा ठगि गरिएको मध्य ३ जनाको फर्छौट गरिएको छ । जसमा रु दुई लाख ४४ हजार ३ सय ६६ रुपैया पिडितलाई फिर्ता गर्न प्रहरी सफल भएको हो । यसैगरी चिट्ठा परेको भनि ४ वटा ठगि भएकोमा १ जनाको फर्छौट भएको छ । जस अन्तरगत रु २० हजार चार सय ५० रुपैया फिर्ता भएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रविन बावु रेग्मिका अनुसार अहिले यस्ता प्रकारका समस्याका निवेदन तथा मुद्दाहरु प्रहरीमा आउने गरेको बताउनु हुन्छ । उहाँले चेक वाउन्स कति पय प्रहरीबाटै हुने र कतिपय सम्बन्धित बैंकले त्यस्तो समस्या पछि एक छानविन समिति गठन गरेको हुन्छ । सो छानपिवन समितिले अनुस्नधान गरेर प्रहरीललाई पठाएमा सोही अनुसार कारवाही समेत हुने गरेको छ ।