माओवादी केन्द्र जुम्लाको विकास, समृद्धि र पार्टी निर्माणको महासंकल्प कार्यक्रम (फोटो फिचर )

जुम्ला : (नेकपा माओवादी केन्द्र )जिल्ला समन्वय समितिको जुम्लाको आयोजनामा जुम्लामा“विकास र समृद्धि र पाटी निर्माणको लागी महासंकल्प कार्यक्रम गरेको छ । उक्त कार्यक्रम नेकपा माओवादी केन्द्रका जुम्ला जिल्ला इन्चार्ज नरेश भण्डारीको प्रमुख आतिथ्यतामा गुठीचौर गाउपालिकाको धिताचौरमा बिहिवार सम्पन्न भएको हो । नेकपा माओवादी केन्द्रले पार्टीको संगठनात्मक पुनर्निर्माण र जनतासँग माओवादी अभियान अन्तरगत ’विकास र समृद्धिको महासंकल्प’ थालनी गरेको छ।
यस अभियानअन्तर्गत, पार्टीका विभिन्न पदमा रहेका नेता तथा कार्यकतालाई प्रमाण पत्र बितरण सम्मान ,बधाइ पाटीको लोगो वितरण लगायतको कार्यक्रम गरिएको छ । माओवादीले यस अभियानअन्तर्गत, आगामी दिनमा जन्ताको लागी समाजवादको अभ्यास गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताइएको छ ।

माओवादी केन्द्रका जुम्ला जिल्ला इन्चार्ज नरेश भण्डारीका अनुसार नेकपा(माओवादी केन्द्र), जिल्ला समन्वय समितिको जुम्लाको आयोजनामा धिताचौरमा जुम्ला विकास र समृद्धिको लागी यस्तो कार्यक्रम गरेको बताए । उनले पाटी सुदृढ र एकताबद्ध निर्माणको लागी महासंकल्प, सम्मान, वडा समितिका नवनिर्वाचित अध्यक्ष र सचिव देखी पालिका समितिका अध्यक्षहरुलाई बधाई ज्ञापन तथा सहभोजन कार्यक्रम सम्पन्न गरिएको बताए । उनले पार्टीको आगामी रणनीति र संगठनात्मक पुनर्निर्माणका बारेमा छलफल भएको जानकारी दिए । यस कार्यक्रमले माओवादी केन्द्रको संगठनात्मक मजबूती र समधुर सम्बन्ध कायम गर्नका लागी अवसर प्रदान गर्ने दावी छ ।

त्यस्तै माओवादी केन्द्र जुम्लाका संयोजक नवराज न्यौपानेले माओवादी केन्द्रको सहभोजले पार्टीका नेता र कार्यकर्ताहरू बीचको एक सामाजिक र सांस्कृतिक कार्यक्रम भएको बताए । उनका अनुसार जसमा सदस्यहरू एक साथ भोजन गरेर आपसी भाईचारा र एकता सुदृढ गर्ने उद्देश्य हो । उनले यसले पार्टीका आन्तरिक सम्बन्धलाइ मजबुत बनाउन मद्दत पुर्याउँछ र सदस्यहरूबीचको समझदारी र सहकार्यलाई प्रोत्साहन गरेको बताए । उनले भने, कार्यक्रमहरू पार्टीका विभिन्न तहका सदस्यहरूलाई एकत्रित गर्ने, विचारहरूको आदानप्रदान गर्ने र संगठनात्मक एकता कायम राख्ने अवसर प्रदान गरेको छ । यस्ता कार्यक्रमहरूले पार्टीका आन्तरिक गतिविधिहरूलाई थप सशक्त र प्रभावकारी बनाउन मद्दत पुर्याउँने उनको भनाइछ ।


















