जुम्लामा डेढ महिने बालक बचाउ अभियान ,

यही भदौ १३ गते शुख्खा पहिरो जादा कालिकोटको पहिरोमा पुरीयर आमा छोइलु दमाइ र बाबा तेज बहादुर दमाइको मुत्यु भयो । उनिहरुका डेढ महिनाका छोरा आयुस दमाइ , तिन वर्षिया छारी करिस्मा दमाइ र ५ वर्षिया छोरी पुणिमा दमाइ आमा बाबुको खोजीमा भौतारिएका छन। त्यही सुख्खा पहिरोमा पुरी १० जनाको मृत्यु भएको थियो , भने दुइ जना सामान्य घाइते भएका थिए । तिलागुफा नगरपालिका १ का ३० बर्षिय तेजबहादुर दमाई,उनकी पत्नी छोइलु दमाई र ६ बर्षको छोरा गजेन्द्र दमाई ब्यापारीक सामान खरिदका लागि गाउँबाट नाग्मा बजार झरेका थिए । बाबु आमा दुबै पहिरो परि मृत्यु भएपछि तिन जना बच्चाको पालन पोषणको लागी समस्या भएको छ ।

आमाको दुध १५ मिनेटको फरकमा खुवाइरहनु पर्ने डेढ महिनाको बच्चालाइ आमाको मृत्यु पछि दुध किनेर खुवाइने पैसा नभएको आयुस दमाइकी हजुर आमा बिजेसरा दमाइले बताइन ।उनले भनिन ,बजार बाट सामान किनेर छिट्टै फर्किन्छौ भन्दै डेढ महिनाका नाती छोडेर गएका छोरा र बुहुवारी फकेर आएनन । उनले भनिन नाग्माको पहिरोले बुढेसकालको साहरा खोस्यो , अबम यि बालबच्चा कसरी पाल्ने कुनै उपाय छैन ।

छोरा बुवारी गुमाएको पिडा र डेढ महिनाका नाती आयुस दमाइको पालन पोषणका लागी भौतारिदै हिडेकी बिजेसरा दमाइ लाइ मलम पट्टी लगाउन जुम्लीयुवा स्वयमसेवक समुहले डेढ महिनाका आयुस बचाउ अभियान सुरु गरेको छ । जुम्लाका युवाले डेढ महिनाका बालकलाइ बचाउनका लागी नाग्मा बजारमा रहेको नेपाल इन्भेष्ट मेण्ट बैंकमा सम्बन्धीत वडा अध्यक्षको रोवरमा १२ हजारको खताखाली आर्थिक संकलन गरी रहेका छन ।

जुम्लीयुवा स्वयमसेवक समुहले सुरु गरेको आयुस बचाउ अभियानमा तिला गाउपालिकाले ५०हजार र हिमा गाउपालिकाले ५० हजार सहयोग गरेका छन । त्यस्तै आस्मा खातुनले १५ सय र आर्षिक मनियारले १५ सय सहयोग गरेका छन । त्यस्तै कृषण प्रताब महतले एक हजार , केशव खलीले एक हजार , भिमबुढाले एक हजार ,चन्द्र महत २ हजार ५सय, र उदय शाहीले बच्चाका लागी ल्याप्टोजन सहयोग गरेका छन । छिरिङ लामा तामाङले डेढ वर्षका बच्चाका लागी चाहिने सम्पुर्ण लत्ताकपडा सहयोग गरेका छन । त्यस्तै चन्द्रलाल सुनारले ३ हजार , हेमन्त महतले एक हजार , गिता शाही (महतले )एक हजार सहयोग गरेका छन।

जुम्ली युवा स्वयमसेवक समुहले डेढ महिनाका आयुस दमाइलाई बचाउन यस्तो अभियान सुरु गरेको सदस्य लक्ष्मी खत्रीले बताइन । उनका अनसार यो अभियानले मृतक दमाइका डेढ महिनाका छोरा आयुस दमाइ , तिन वर्षिया छारी करिस्मा दमाइ र ५ वर्षिया छोरी पुणिमा दमाइको पालन पोषणको लागी केही राहत पुग्ने छ । बजारमै पहिरो गएपनि नाग्म बजारका स्थानीय त्रासिद अवस्थामा छन् ।तिलागुफा नगरपालिकाको नाग्म बजारमा पहिलो पटक ठुलो पहिरो गएको हो । तल तिला नदिले कटान गरिरहेको र माथिल्लो भागमा पहिरोको उच्च जोखिम भएकोले बजार व्यवस्थापनको लागि पहल गर्न स्थानीयले माग गरेका छन् ।