लेकबेसीमा रुख ढल्दा सडक अबरुद्ध,स्थानीयलाइ सास्ती


सुर्खेत : सुर्खेतको लेकबेशि नगरपालीका १० स्थीत मच्छेलटार टिमुरकोट सडकखण्डको गन्नेपानि मैनडाडाको जंगलमा रुख ढल्दा बाटो अबरुद्ध भएको छ । बर्षातको समयमा त्यहाका नागरीकहरुले निकै सास्ती भोग्नुपरीरहेको छ । यसले गर्दा यात्रुहरुलाइ थप असहज भयको छ । यस अघि बर्षातको पानिले सडक भत्काउदा आउजाउमा समस्या भएपछी मर्मतका लागि स्थानीयबासीले लेकबेसी नगरपालिकामा  अनुरोध गरेका थिए । तर नगरपालीकाले त्यसतर्फ ध्यान दिन सकेको छैनीरहेको छैन ।

खाल्डाखुल्डी पुर्दै अटो र मोटरसाइकल सम्म कठिनाई झेल्दै आउजाउ गरेकोमा सडक माथिको २ ओटा ठुला साजका रुख ढलेपछि बाटो पुर्णरुपमा बन्द भएको हो । सडक निर्माण संगै नाला अनिवार्य बनाउनुपर्नेे स्थानीय ललित ठाडाले बताउनुभयो ।