जुम्ला ः जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय मार्सी धान खेती चैत्त १२बाट सूरु हुन्छ । यो धान नेपाली र तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै पाइन्छ । चैत्त २गते सम्म भारत गएका धान किसान घर फकिर्ने चलन छ ।
हिमागाउँपालिकाका जुम्लनका धान किसानले धानको बीउ बोराको पानीमा भिजाएर राख्ने दिनलाई यहाँ धान उत्पादनको सुरुआतीका रुपमा लिने गरेको छ ।
त्यस्तै हिमागाउँपालिका एक बड्कीका स्थानीय बिर बहादुर शाहीले यसपटक धान रोपाइ नहुने बताए । उनले भने, धेरै सिचाइ कुलाहरु बाढीले बगाइ सकेकाले केही ठाउमा मात्रै धान रोपाइ हुने छ ।
त्यस्तै उर्जा विकास तथा सिचाई कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठका अनुसार जुम्ला भरी विपतले खेति योग्य जमीन र कुलो वगाएका छन् ।उनले भने,’कार्यालयमा ३४ वटा सिचाई कुलो बगाएको निवेदन आएका छन । उनका अनुसार कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा उर्जा विकास मन्त्रालयमा ३४ वटा कुलाको योजना निर्माणका लागि पठाएको पाठाईको छ । बाढीले प्रभाबित भएका क्षेत्रमा यस पटक धान खेती गर्न कठिन देखीएको छ ।
तिला गाउँपालिका–१ स्थानीयवासी माने रावतका अनुसार चैत १६ गते भिजाएको धानको चिउरा कुट्ने र खाने चलन पनि छ । मार्सी धान विभिन्न रोगको औषधिका रूपमा पनि प्रयोग गरिन्छ ।
हरेक वर्ष चैत १२ गते बीउ बोरामा राखेर पानीमा भिजाइन्छ र १६ गते बाहिर निकालिन्छ, २० गते ब्याडमा छरिन्छ । हरेक वर्ष चैत २० गते कर्णालीका केही जिल्लामा मार्सी धानको बीउ घरमै उत्पादन गरी बेर्ना छर्ने गरिन्छ। चैत १२ गतेलाई यहाँको परम्परागत चलन अनुसार ‘बारुवा’ पनि भनिने गरेको छ ।
त्यस्तै जुम्लामा दुई हजार ९ सय ५० हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश बहादुर अधिकारीले जानकारी दिए। उनका अनुसार गत्त असोजमा आएको बाढी पहिरोले धान रोप्ने खेतका सिचाँई कुलोहरुमा क्षेति भएको छ । उनले भने,’जिल्लाका आठवटै स्थानीय तहमा मार्सी धानको खेती हुने गरेको छ ।सो धान पाक्न सात महिना लाग्छ । चैतमा बीउ भिजाएर १६ चैतमा बीउ उतारेर सुकाउने अनि तातो कुनामा राखेर पातीले छोप्ने, १८ देखि २० चैतसम्म हिल्याएको माटो पिँधमा बसेपछि छरिसक्नु पर्छ। वैशाख १ मा बेर्नाको पानी सुकाउने चलन छ ।त्यसपछि बीउ हरियो हुन्छ। भेडाबाख्राको धूलो मल, कालो कोइला, घर बढारेको कसिङ्गर चालेर मलका रूपमा हालिन्छ । कृर्षि बिकास कार्यालयका अनुसार एक महिना १० दिनपछि बेर्ना रोपाइँ गर्न मिल्ने हुन्छ।
जौ काट्दै सँगसँगै रोपाइँ गरिन्छ । जुम्लामा तिला र हिमा नदीको कुलोबाट सिँचाइ हुने भएकाले पानी नपरेर सुक्खा भए पनि धान रोप्न किसानलाई बाधा हुँदैन। नदीको पानीले जेठ पहिलो सातादेखि रोपाइँ सुरु हुन्छ। असारदेखि मध्ये साउनसम्म गोडमेल गर्नुपर्छ । भदौमा झारजङ्गल काट्नु पर्छ ।
त्यस्तै मार्सी धान खेतीबारे चन्दननाथ बाबाले पुस्तक नै लेखेको खस भाषाविज्ञ रमानन्द आचार्यले बचाए। नेपालमा असार १५ गते धान दिवस मनाउने गरिएता पनि कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लालाई हरेक वर्ष चैत १२ गते धान दिवसको सार्वजनिक बिदा दिने गरेको छ ।