माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ

काठमाडौँ । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले यो गठबन्धन पाँचै वर्षसम्म टिक्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथिको प्रस्तावमाथि छलफलमा भाग लिँदै नेता नेपालले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष जाने ठोकुवा गरेका हुन् ।

‘फेरि वैशाखमा विश्वासको मत लिने अवस्था आउँछ कि भन्नेमा आशंका गर्न सकिन्छ । तर यो गठबन्धन ५ वर्ष जान्छ । एकतावद्ध भएर जान्छ’, नेता नेपालको भनाइ छ ।

उनले नेपाली राजनीतिमा अरुलाई दोषारोपण गर्ने परिपाटी रहेको भन्दै गल्ती स्वीकार्ने र सुधार्ने नगरी अरुलाई दोषारोपण गर्ने प्रवृत्ति कायम राख्ने हो भने कहिल्यै पनि सही दिशामा जान नसक्ने बताए ।

उनले आफुले २२ महिनासम्म २१ पार्टीलाई सँगै लिएर हिँडेको स्मरण गर्दै अहिले पनि सहकार्य गरिएका घटकहरुको सोँच र दृष्टिकोण हेर्दा टिकाउ हुने देखिएको बताए ।

सम्बन्धित समाचार