प्रधानमन्त्री प्रचण्डलाई एमालेको प्रश्न : के कारणले पुरानै गठबन्धनमा फर्किनुपर्‍यो ?

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १० पुसको सहमतिबाट के कारणले पछि फर्किनुपर्‍यो भन्ने प्रश्न गरेको छ ।

सोमबार संसद बैठकमा प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मतमाथिको प्रस्तावको छलफलमा सहभागी हुँदै एमाले उपाध्यक्ष पौडेलले पुरानै १० पुसअघिको गठबन्धनमा फर्किनु थियो भने किन एमालेसँग सहयात्रा गरेको भन्ने प्रश्न पनि गरेका हुन् ।

‘हिजो प्रधानमन्त्री हुन एमालेको समर्थन चाहियो । म तपाईंहरूको समर्थनमा प्रधानमन्त्री बन्न चाहन्छु भनेर प्रचण्डजीले भनेपछि हामीले ससर्त समर्थन गरेको हो,’ पौडेलले भने, ‘तपाईं के कस्तो कारणले पुरानै गठबन्धनमा फर्किनुपर्‍यो ? हिजो तपाईंलाई एमाले चाहिने र अरु दलहरूको समर्थन चाहिने । प्रधानमन्त्री भएको दुई महिना नपुग्दै पुरानै सहयात्रामा फर्कनुपर्ने थियो भने पुस १०मा नयाँ सहयात्रा किन थाल्नुभयो ?

सम्बन्धित समाचार