हिमागाउँपालिका –५का शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा

जुम्ला : जुम्लाको हिमा गाउँपालिका वडा नं ५ का शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा रहको पाइएको छ । ३सय ३० घरदुरी सर्वेक्षण गर्दा ५ वडा सबै बालवालिका बिद्यालयको पहुँचमा रहको पाइएको हो ।
वडाभित्र रहेका ४ देखि १६ वर्षमुनिका सबै बालबालिका विद्यालयको पहुँचमा पुगेको भन्दै शुक्रबार एक औपचारी कार्यक्रमका बिच शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना भएको वडाका रुपमा हिमा ५ लाई घोषणा गरिएको रुपाकोट आधारभुत बिद्यालयका प्रधानाध्यापक शान्ति शाहीले बताइन । उनका अनुसार कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको छैन । उनका अनुसार हिमा ५ मा बाँजागाड र बुअ दुई गाउँ छन् ।

त्यस्तै जिल्ला समन्वय समितका प्रमुख गौरी नन्द आचार्यले सरकारी बिद्यालयको गुणस्तर बढाउनका लागी सबै लाग्नु पर्ने बताए । उनले भने, यसका धनी भएका ब्यक्ति र यहाकार्यरक्त शिक्षक , जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक बिद्यालयमा पढाउन जरुरी छ । उनका अनुसार सरकारी बिद्यालय प्रति हेर्ने दृष्टिकोण फेरीएको छ । गरिबका छोरा छोरी पढ्ने धनी भनिएका हरुका बच्चाहरु निजि स्कुलमा पढाउने गरको बताए ।

त्यस्तै हिमागाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले अफ्नो पहिलो प्रथामिकता शिक्षा रहेको बताए । उनका अनुसार उनी निर्वाचित भइसकेपछि शिक्षा ऐन पालिकाले बनाएको छ । अबको प्रथामिकता शिक्षा निति र कार्यबिधि बनाउने तयारी छ । उनका अनुसार सबै बालबालिका विद्यालयमा भर्ना भएपछि वडालाई नै सबै बालबालिका विद्यालय भर्ना भएको वडाको रुपमा घोषणा गरिएको बताए । उनले सबै बालिका घोषणा गर्ने तयारी छ । रुपाकोट आधारभूत विद्यालय बाँजागाड र कालिका माध्यमिक विद्यालयमा शतप्रतिशत बालबालिका भर्ना भएको पालिका अध्यक्ष शाहीले बताए । उनले भने,‘वडाभित्र ३ सय ३० घर छन् । सबै घरका बालबालिका विद्यालयसम्म पुगेका छन् । यो शिक्षा क्षेत्रमा देखिएको सुखद लक्षण हो । यसको लागी आर्थिक सहयोग गर्ने प्लान इन्टरनेशनल नेपाल र प्राविधिक सहयोग गर्ने किर्डाक नेपाल प्रति आभार ब्यक्त गरेका छन ।

हिमा गाउँपालिका र किर्डाक नेपालको समन्वयमा विद्यालय भर्ना अभियान सुरु भएदेखि नै बालबालिका विद्यालयको पहुँचमा पु¥याउन विभिन्न क्रियाकलाप गरिएको थियो ।’पहिलो पटक हिमा ५ शतप्रतिशत बालबालिका विद्यालय भर्ना वडाका रुपमा घोषणा भएको छ,’ अध्यक्ष शाहीले भने,‘अब सबै वडाहरुमा घनिभुत रुपमा कुनै पनि बालबालिका विद्यालय बाहिर नहुने हिसाबले अभियान चलाइनेछ ।’
हिमालाई शिक्षा क्षेत्रको उत्कृष्ट पालिका स्थापित गर्न स्थानीय सरकार लागिपरेको उनको भनाइ छ । साथै विद्यालय भर्ना अभियानका क्रममा केही सूचकहरु बनाइएको उनले बताए ।

त्यस्तै गत माघ २५ देखि विद्यालय भर्ना अभियान सुरु भएकोमा प्रत्येक बालबालिकाको घरघरमा पुगेर विद्यालय बालबालिका पठाउन हरेक अभिभावकलाई आग्रह गरिएको हिमा गाउँपालिकाका उपाध्यक्ष सुर्पुना शाहीले बताइन । बालबालिकाको शिक्षाको लागी पालिकाको तर्फबाट सहयोग गर्न सबै तयार रहेको बताइन ।

त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले शिक्षाको पहँजमा ल्याउनका लागी हिमागाउँपालिकाले चलाएको अभियान महत्वपुण रहेको बताए । उनले भने , कुनै बेला नेपाल भनेर काठमाण्डौँ , भक्तपुर जस्ता ठुला शहरलाई भन्ने गरिन्थ्यो । अहिले समय फेरीएको छ । डाक्टर पढ्नका लागी बाहिरबाट जुम्ला आउने गरेको बताए ।उनले भने , कुनै बेला अपहेलित गरेको कर्णालीले अहिले तेतृत्व कर्ता बनेको छ । धेरै जिल्लामा प्रमुख जिल्ला अधिकारीप् कर्णालीका छन । उनले हिमाको ५ वडा र रुपाकोट आधारभुच बिद्यालयलाई सफलताको शुभकामना दिएका छन । उनका अनुसार विद्यालयको पहुँचमा सबै बालबालिका पुग्नुपर्ने अभियान जिल्लाभर चलाइनुपर्नेमा जोड दिएका छन ।
त्यस्तै जुम्लाका प्रहरी नायब उपरिक्षक प्रल्हाद कार्कीले शिक्षकको सक्रियता, विद्यार्थीको लगनशिलता र अभिभावकको जिम्मेवारी बनेको खण्डमा बालबालिका देशको असल नागरिक बन्ने बताए । उनले भने,”किताबी ज्ञान मात्र शिक्षाहोइन साँस्कारमा आधारित शिक्षा दिन जरुरी रहेको बताए । उनले,’जुम्लाका धेरै बिद्यार्थी लागुऔषधको लतमा फसेका छन । यसको बिषयमा पनि सबैले चिन्ता गर्न जरुरी छ ।


त्यस्तै शशस्त्र प्रहरी बल जुम्लाका एसपी चेतराज जोसीले सबैको साथ सहयोगले जुम्लाको शैक्षिक क्षेत्रको अवस्था दिनप्रतिदिन सुध्रिँदै जाने बताए । उनले भने,’कुनै पनि बालबालिका विद्यालय बाहिर हुन नदिनु अहिलेको अपरिहार्यता हो । बालबालिका विद्यालय भर्ना भएर मात्रै नहुने भन्दै उनले गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा जिम्मेवार बन्नु पर्ने बताए ।कालिका माविमा ६३० जना विद्यार्थी भर्ना भएकामा रुपाकोट आधारभूत विद्यालयमा २८३ विद्यार्थी भर्ना भएका हुन् । यससँगै ४ वर्षदेखि माथि १६ वर्षदेखि मुनि उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर छैनन् ।

त्यस्तै हिमाको शिक्षा शाखाका कर्मचारीहरु, शिक्षकहरु, किर्डाक नेपालका कर्मचारीहरु र जनप्रतिनिधिहरु प्रत्येक घरदैलोमा पुगेर अभिभावकलाई शैक्षिक चेतना जागृत गराएका थिए । यसकारण बालबालिका विद्यालयको पहुँचमा पु¥याउने वडाको रुपमा चिनिएको हिमागाउँपालिकाका ५का वडाध्यक्ष कालो  शाहीले बताए ।

सम्बन्धित समाचार