बालुवाटारको साँढे

कम्युनिष्टले पालेको साँढे, मुल्केको मुल्केइ छ ।
मुल धारा सुकेत पुनी उपधारा, पल्केको पल्केइ छ ।।
दिन घाइते भएको साँढे, रातीमा चर्दो छ ।
आफै ड्या गर्दो, किर्ते साइन सार्दो छ ।।
आफै मालिक आफै कुल्ली, भारी त बोक्दो छ ।
कानुनले नमिलेकुरा, एक्लो भै ठोक्दो छ ।।
हेटौडा लागेको गोली, बालुवाटार तड्पियो ।
दिउँसो सुतेको बाहाना गरि, रातीमै फर्कियो ।।
मालिकनी नामकी मात्तै,राज भयो साँढेको ।
साँढे अब बौलौन, लाग्यो बगाल छाडेको ।।
कसैकन खुट्टा हान्नो कसैती सल्केको ।
अब साँढे बाध्नु पर्यो छाडा भै पल्केको ।।
लेखक : नर्मजङ रोकाया (जुम्लाको सिजाल)