जुम्लाबाट ४६ वर्षीय खडकबहादुर कामी बेपत्ता, खोजीका लागि परिवारको अपिल

जुम्ला :जुम्लाको तातोपानी गाउँपालिका,४, जैतपुर निवासी ४६ वर्षीय खडकबहादुर कामी बेपत्ता भएका छन्। गत भदौ २५ गते घरबाट घुम्न भन्दै लिताकोटतर्फ निस्किएका उनी हालसम्म परिवारको सम्पर्कमा नआएको आफन्तले जनाएका छन्।

कुइरो कामीका छोरा खडकबहादुर बेपत्ता भएपछि परिवारले उनको खोजीका लागि विभिन्न प्रयास गरे पनि अहिलेसम्म फेला पार्न नसकेको जनाएको छ।

बेपत्ता खडकबहादुरको खोजीका लागि उनका छोरा धर्मेन्द्र कामी भारतबाट घर फर्किएर १५ देखि २० दिनसम्म जुम्लाका विभिन्न स्थानमा खोजी गरेका थिए। भारतमा रहेका आफन्तजनसँग समेत सम्पर्क गरी खोजी गर्दा पनि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको परिवारले जनाएको छ।

परिवारका अनुसार घटनाबारे जिल्ला प्रहरी कार्यालय जुम्लामा समेत जानकारी गराइसकिएको छ। लामो समयसम्म सम्पर्कविहीन भएपछि परिवारले पत्रकार, सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणलाई उनको खोजी कार्यमा सहयोग गरिदिन अपिल गरेको छ।

बेपत्ता खडकबहादुरको दायाँ हातमा ‘हरि गोताम’ नाम लेखिएको ट्याटु रहेको परिवारले जनाएको छ। उनलाई कतै देखेमा वा उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय जुम्लामा खबर गरिदिन अनुरोध गरिएको छ।

सम्पर्क व्यक्ति धर्मेन्द्र कामीको फोन,९७६४७३४२३,दीपक गौतमको९८६८३८२९६४,बेपत्ता व्यक्तिको खोजीमा सहयोग गरी उनको अवस्थाबारे जानकारी उपलब्ध गराइदिन परिवारले सबैमा हार्दिक अनुरोध गरेको छ।

सम्बन्धित समाचार