जुम्लामा ६९औँ राष्ट्रिय सहकारी दिवस: जेष्ठ नागरिकलाई खाजा बितरण
जुम्ला:जुम्लामा ६९औँ राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ। “उद्यमशीलता, पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने मूल नाराका साथ जिल्ला सहकारी संघले दिवस मनाइएको हो।
जिल्लामा रहेका करिब ३०० सहकारी संस्था रहेका छन । यस वर्ष विशेष रूपमा जेष्ठ नागरिकलाई सम्मान स्वरुप खाजा बितरण गरि दिवस मनाईएकाे जिल्ला सहकारी संघका अध्यक्ष ऋषिराम पाण्डेले बताए । अनुसार अनावश्यक खर्च गर्ने भन्दा जेष्ठ नागरिकको सम्मान, सेवा र सहयोगलाई प्राथमिकता दिँदै कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम अन्तर्गत जुम्लाका ६० जना जेष्ठ नागरिकलाई जेष्ठ नागरिक संघमै पुगेर खाजा सहयोग गरिएकाे हाे। जेष्ठ नागरिकको स्वास्थ्य र दीर्घायुको कामना गरिएकाे थियाे ।
सहकारी अभियानलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै यस किसिमकाे कार्यक्रमले सकारात्मक सन्देश दिएको आयोजकले जनाएको छ।







