तिला तिनकाे आगलागीमा १५ वर्षका बालककाे मृत्यु:याे संगै उनकाे एसईई दिने सपना जले

जुम्ला : तिला गाउँपालिका ३ मा शुक्रबार मध्यराति भएको एक हृदयविदारक आगलागीमा परी १५ वर्षीय छितिज खत्रीको जलेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब २ बजे तिर प्रहरी घटना स्थलगतमा पुगेकाे थियाे ।आगलागी  भएकाे घर देवीकृष्णा खत्रीको रहेकाे  प्रहरीले जानकारी दिएकाे छ । यहि चैत १९ गते सुरु हुने एसईई परीक्षा दिनका लागि ठूलो सपना बोकेर आएका छितिज अब परीक्षा केन्द्र सम्म पुग्ने छैनन। भविष्यका अनेक सपना आँखामा सजाएका उनी, एकाएक आगोको भिषण लप्कामा हराएका छन । एक विद्यार्थीको मात्र होइन, एउटा परिवारको आशा, एउटा उज्यालो भविष्य नै आगोले निलिदिएको छ।

प्रहरीका सूचना अधिकारी निर्देश बरालका अनुसार स्थानीय अन्न प्याक गर्ने क्रममा बालिएको क्यान्डिल ननिभाई सुत्दा आगलागी भएको अनुमान गरिएको छ। घटना हुँदा घरमा अरु कोही पनि थिएनन् छितिज एक्लै थिए । स्थानीयका अनुसार उनी एसईई दिनकै लागि एक दिन मात्रै कुडारीमा रहेकाे घरमा आएकाे बुझिएकाे छ।

उनकाे एक्लोपन, अँध्यारो रात, र एउटा सानो लापरवाही, मिलेर एक नाबालकको जीवन अन्त्य गरिदियो। छितिजको मृत्यु सँगै उनका अधुरा सपना,उनका अभिभावकको भरोसा, र समाजको एउटा सम्भावना पनि सधैंका लागि समाप्त भएको छ।
याे घटनाले तिला तीन कुडारीमा मात्र होइन, समग्र समाजमा शोकको लहर छ। एउटा निर्दोष बालकको असामयिक निधनले सबैको मन स्तब्ध बनाएको छ। अब बाँकी छ त केवल सम्झना र एउटा ठूलो प्रश्न, यस्तो दुर्घटना फेरि नहोस् भनेर हामी सचेत बन्नु पर्ने छ।