संयुक्त राष्ट्रसंघले भन्यो– नेपालमा संवाद र विश्वास निर्माणका प्रयासलाई सहयोग गर्न तत्पर छौं

संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयले आज विज्ञप्ति निकालेर भनेको छ, ‘संयुक्त राष्ट्र संघ नेपालमा संवाद र विश्वास निर्माणका प्रयासहरूलाई सहयोग गर्न तत्पर छ, जसले तनाव कम गर्न र शान्तिपूर्ण समाधानमार्फत समृद्ध नेपाल निर्माणमा टेवा पुर्याउनेछ ।’
यूएनले नागरिकहरुका माग सम्बोधन गर्ने उपयुक्त माध्यम सम्वाद नै हुने सबै सरोकारवाला नागरिक र युवाहरुलाई जानकारी गराएको छ ।विज्ञप्तिमा लेखिएको छ, ‘बल प्रयोगको अत्यधिक घटनासम्बन्धी सबै आरोपहरू तत्काल स्वतन्त्र, पारदर्शी र निष्पक्ष ढंगले छानबिन गरिनुपर्छ । संवाद नागरिकका चिन्ताहरू, विशेषगरी युवाहरूका आवाज, सुनुवाइ गर्ने सबैभन्दा उपयुक्त माध्यम हो ।’यूएनले समस्याका मूल कारण सम्बोधन गरी नेपाल समृद्ध भविष्यतर्फ अघि बढ्ने विश्वास समेत व्यक्त गरेको छ ।








