जेनजी आन्दोलनकारीले राष्ट्रपति भवनमा पनि आगो लगाए

काठमाडौँ : जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतलनिवासमा पनि आगो लगाएका छन्।

सुरक्षा स्रोतका अनुसार केही बेरअघि राष्ट्रपति भवनमा उनीहरुले आगजनी गरेका हुन्।

अहिले उक्त भवन पनि उनीहरुको नियन्त्रणमा रहेको जनाइएको छ ।